![रास्वपा महाधिवेशनस्थलमा पानी जम्यो [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/RSP_Mahadhibeshan_12_Yw2gBKALX4.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनस्थलमा पानी जमेको छ ।
चितवनको भरतपुरको गेष्टहाउस चौरमा वर्षाका कारण पानी जमेको हो । उक्त पानीलाई मोटर लगाएर हटाइएको छ ।
महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।
महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
महाधिवेशनमा सहभागी हुन देशभरबाट रास्वपाका नेता/कार्यकर्ता चितवन पुगेका छन् ।













