०७ असार २०८३, आइतबार
रास्वपाको प्रथम महाधिवेशन

पानी जमेपछि बालुवाले पुरिँदैछ रास्वपाको महाधिवेशनस्थल [फोटोफिचर]

असार ७, २०८३
भरतपुर
पानी जमेपछि बालुवाले पुरिँदैछ रास्वपाको महाधिवेशनस्थल [फोटोफिचर]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनस्थल तयार पारिँदैछ । 

चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा रास्वपाले महाधिवेशनको उद्‌घाटन सत्र गर्ने तय भएको छ । 

रातभरको बर्षात्‌ले महाधिवेशनस्थलमा पानी जमेपछि आइतबार बिहानै मोटर लगाएर पानी हटाइएको थियो ।

अहिले सुक्खा बनाइएको उक्त चौरमा बालुवा र माटो हालेर तयार पारिँदैछ ।

महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।

महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । 

महाधिवेशनमा सहभागी हुन देशभरबाट रास्वपाका नेता/कार्यकर्ता चितवन पुगेका छन् । 

कमेन्ट गर्नुहोस्