०७ असार २०८३, आइतबार

मोडल विजय पुनले ‘धेरै कुराबाट थाकेँ आमा’ भन्दै लेखे निराशाजनक स्टाटस

मोडल विजय पुनले ‘धेरै कुराबाट थाकेँ आमा’ भन्दै लेखे निराशाजनक स्टाटस

टिकटकबाट म्युजिक भिडियोमा उदाएका मोडल विजय पुनले सामाजिक सञ्जाल फेसबुकमा एक निराशाजनक स्टाटस लेखेका छन् ।

बिहीवार दिउँसो उनले लेखेको स्टाटसलाई लिएर कलाकारहरूले चासो व्यक्त गरेका छन् । 

उनले लेखेका छन्, ‘धेरै कुराबाट थाके आमा । रुँदै सबै कुराको समाधान पनि  हुँदैन । जन्मदिन आउन २ दिन बाँकी छ । जन्मभन्दा पनि बढी मर्न मन लागेको छ । कतै झुक्किएर मबाट यो गल्ती भयो भन्ने, मलाई कहिले न सराप्नु है आमा !’

उनको अभिनय रहेको ‘घर कता हो बैनीको’, ‘पत्थरको मुटु’ जस्ता गीतको भिडियोहरूले राम्रो भ्युज पाएका छन् ।

विजयको अभिनय रहेको ‘हितैको मायालु’ गीत यतिबेला युट्युब ट्रेन्डिङमै छ । उनले आफूले लेखेको स्टाटस् केही समयकै डिलिट गरेका छन् । 

कमेन्ट गर्नुहोस्