माघ १६, २०७९
भावी राष्ट्रपतिका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दाबी गरिरहे पनि निर्णायक मत भने उनीहरूबाहेकका दलसँग छ । यी दुईमध्ये कतै एकातिर तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) मात्र जोडिँद...
काठमाडाैं | माघ ८, २०७९
भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी कन्याकुमारीबाट जम्मु कश्मीरसम्मको ‘भारत जोडो यात्रा’को अन्तिम चरणमा पुगेका छन् । आज १२६औं दिनमा उनी कश्मीरमा यात्रा गरिरहेका छन् ।
यस यात्राबाट मरणासन्न कांग्रेस पार्टीलाई पुनर्जीवन दिने राहुलको लक्ष्य देखिन्छ । तर भारतीय विश्लेषकहरू पार्टी भन्दा पनि राहुल स्वयंको छवि चाहिँ यात्राले उकासेको बताइरहेका छन् ।
विगत १५ वर्षदेखि कांग्रेस पार्टीले राहुललाई सर्वमान्य राष्ट्रिय नेताका रूपमा उभ्याउन विभिन्न प्रयास गर्दै आएको छ । तर ती कुनै पनि प्रयास सफल हुन सकेका थिएनन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीको छवि जबर्जस्त रूपमा भारतीय चेतनामा छाइरहेको परिस्थितिमा उनको विकल्पका रूपमा अर्का एक नेताको उपस्थिति लोकतन्त्रको स्वास्थ्यका लागि समेत जरुरी भइसकेको अनुभव गर्न थालिएको थियो ।
सामन्तवादी चाकरीप्रथा तथा सशक्त एजेन्डाविहीनताका कारण जर्जर अवस्थामा पुगिसकेको कांग्रेसलाई उकास्नका लागि कुनै सार्थक प्रयास गर्नैपर्ने अवस्था आएको थियो । त्यसलाई विचार गरी राहुलले देशका विभिन्न भागमा पदयात्रा गरेर धरातलीय यथार्थ बुझ्ने अनि कांग्रेसलाई पुनः जनताको मनमा स्थापित गर्ने योजना बनाएको देखिन्छ ।
उनले यसक्रममा देखाएको सादगीको चौतर्फी प्रशंसा भइरहेको छ । सत्तारूढ भारतीय जनता पार्टीले राहुललाई पप्पु भनी राजनीतिक सिकारु तथा मन्दबुद्धि भएको व्यक्तिका रूपमा प्रचार गर्दै आएको भए पनि यस यात्राले राहुलको त्यो अपमानजनक छवि चाहिँ अन्त्य गरेको देखिन्छ ।
सन् २०२२ अक्टोबर २ मा कर्नाटकको मैसुरमा राहुलले पानीमा रुझ्दै गरेको सम्बोधनलाई मानिसहरूले सकारात्मक रूपमा लिएका थिए । त्यसको चार दिनपछि राहुलकी आमा सोनिया गान्धी पनि यात्रामा सहभागी हुनका लागि कर्नाटकको मान्ड्या पुग्दा राहुलले झुकेर आमाको जुत्ताको लेस बाँधेको दृश्यले पनि मानिसहरूलाई प्रभावित पारेको थियो ।
भारतमा राष्ट्रिय स्वयंसेवक संघ तथा भारतीय जनता पार्टीले घृणाको वातावरण निर्माण गरिरहेको र यसैमार्फत भारतको मन विभाजन गरेको भाष्य राहुलले स्थापित गर्न खोजेका छन् । त्यसलाई विफल बनाउनका लागि आफू भारत जोडो यात्रामा निस्किएको उनको भनाइ छ ।
भारत जोड्ने कामलाई चरितार्थ गर्ने हेतुले राहुलले कर्नाटकको मान्ड्यामै सन् १९९३ देखि बन्द रहेको एक सडक खुलाए अनि त्यसलाई भारत जोडो सडक नाम दिए । उक्त सडक जातका विषयमा भएको हिंसापछि बन्द गरिएको थियो ।
अनि त्यही ठाउँमा हिन्दूवादी भनिएका मानिसले सन् २०१७ मा पत्रकार गौरी लंकेशको हत्या गरेका थिए । राहुलले यात्राका क्रममा गौरीकी आमा इन्दिरा र बहिनी कविताको हात समातेर हिँडेका थिए ।
केरलमा बालकहरूसँग फूटबल खेलेर, अपांग बालकसँग हातमा हात राखी यात्रा गरेर, मध्य प्रदेशमा बाइक चढेर, उत्तर भारतको जाडोमा पनि हाफ टीशर्टमा घुमेर राहुलले आफूलाई जिम्मेवार, गम्भीर र साथसाथै जनतासँग घुलमिल गर्न सक्ने धरातलीय नेताका रूपमा स्थापित गर्ने प्रयास गरेका छन् । राजनीतिमा खुलेर प्रस्तुत हुन नचाहने तथा अनिर्णयको बन्दी बनिरहने भनी राहुलको नकारात्मक छवि बनेकोमा यस यात्राले त्यसलाई चिर्ने काम गरेको छ । मोदीले भन्ने गरेको नामदार (वंशीय परम्पराका नेता) मात्र नभई आफू कामदार नेता भएको भाष्य उनले बनाउन खोजेको देखिन्छ ।
तर यसले पार्टीलाई पुग्ने फाइदाका विषयमा प्रशस्त शंका व्यक्त गरिएको छ । पार्टीका कतिपय नेताहरू आफूलाई निर्णायक प्रक्रियामा समावेश नगरिएको र आफूसँग सरसल्लाह नगर्ने गरिएको भनी राहुलसँग अझै पनि असन्तुष्ट छन् । यात्राको निर्देशक सिद्धान्त तथा यात्राले पार्टीमा ल्याउन सक्ने परिवर्तनका बारेमा उनीहरू आश्वस्त देखिँदैनन् ।
भारत जोडो यात्राकै क्रममा गुजरातमा गत डिसेम्बर महिनामा भएको विधानसभा निर्वाचनमा कांग्रेस पार्टीले अत्यन्तै लज्जास्पद प्रदर्शन गरेको छ । कुल १८२ सीटमध्ये कांग्रेसले जम्मा १७ सीट जितेको थियो । राहुल लगायतका शीर्ष कांग्रेसी नेताहरूले गुजरातमा पर्याप्त ध्यान नदिएकाले यो स्थिति आएको बताइएको छ ।
त्यसो त हिमाचल प्रदेशमा ४० सीट जितेर कांग्रेसले सुविधाजनक बहुमत ल्याएकै हो । तर त्यो विजय भारत जोडो यात्राका कारण भन्दा पनि भाजपाविरुद्धको लहरले सम्भव भएको बताइएको छ ।
जे होस्, राहुलले यस यात्रामार्फत आरएसएस–भाजपाविरुद्ध पार्टीको विचारधारा थप आक्रामक बनाउने छाँट देखाएका छन् । यसअघि उनले प्रधानमन्त्री मोदीमाथि व्यक्तिगत आक्रमण गरी ‘चौकीदार चोर है’ जस्ता नारा दिँदा कांग्रेसीहरूले नै असहज अनुभव गरेका थिए । तर अब आरएसएसविरुद्ध दृढ अडान लिनका लागि राहुलले कांग्रेस कार्यकर्ताहरूका लागि लक्ष्मणरेखा नै खिचिदिएका छन् ।
आरएसएस तथा हिन्दूत्वको राजनीतिको कटु आलोचना गर्ने क्रममा राहुलले महाराष्ट्र पुग्दा वीर सावरकरलाई पनि बाँकी राखेनन् । सावरकरले भारत स्वतन्त्र हुनुअघि बेलायती उपनिवेशीहरूलाई क्षमायाचना पत्र लेख्दै महात्मा गान्धी, जवाहरलाल नेहरु र सरदार पटेललाई धोका दिएको आरोप राहुलले लगाए ।
तर सावरकरको आलोचनालाई मराठीहरूमाथिको आक्रमणका रूपमा लिएर बालासाहेबान्ची शिवसेनाकी नेता वन्दना डोंग्रेले उनीविरुद्ध प्रहरीसमक्ष जाहेरी दायर गरेकी छन् । अनि राहुलको बयानलाई महाराष्ट्रमा कांग्रेससँग कुनै बेलामा सत्ता चलाएको शिवसेनाले पनि सकारात्मक रूपमा लिएको थिएन ।
त्यसैले हिन्दूत्वको विरोध गर्ने क्रममा भाषिक समुदायको संवेदनशीलतालाई पनि विचार गर्नुपर्ने चुनौती राहुलले अनुभव गरेको हुनुपर्छ । खैर, आरएसएसविरुद्धको आक्रमण तीव्र बनाएर राहुलले कांग्रेस पार्टीको अबको रणनीति आरएसएस–भाजपासँगको सांस्कृतिक लडाइँ हुने संकेत दिएका छन् ।
यस सांस्कृतिक लडाइँसँगै उनले भाजपाद्वारा अपनाइएको नवउदारवादी आर्थिक नीतिको विरुद्धमा पनि कांग्रेसलाई दह्रो गरी उभ्याउने लक्ष्य यस यात्रामार्फत लिएका छन् । धेरै अगाडिदेखि नै राहुलले मोदीलाई सुटबुट की सरकार, अम्बानी–अडाणी सरकार भनी आलोचना गर्ने गरेका थिए ।
अघिल्लो साता मात्र उनले अक्सफ्यामको ताजा प्रतिवेदनलाई उद्धृत गर्दै केही अर्बपतिहरूको हातमा भारतको ४० प्रतिशत सम्पत्ति रहेको बताए अनि ती धनीहरूलाई मोदी सरकारले प्रश्रय दिइरहेको आरोप लगाए । गरीबको पक्षमा मोदी सरकारले नीति नबनाएको अनि महंगी नियन्त्रण पनि गर्न नसकेको र रोजगारी सिर्जना गर्न पनि असफलता पाएको भनी उनले कटु आलोचना गर्दै आएका छन् ।
अब यस यात्रामार्फत राहुलले कांग्रेस पार्टी मध्यमार्गमा सीमित नरही वामपन्थतर्फ ढल्कँदै आक्रामक रूपमा गरीबपक्षीय हुनुपर्ने संकेत दिन खोजेको बुझिन्छ । हुन त भारतको केन्द्रीय बैंक आरबीआईका पूर्व गभर्नर रघुराम राजनसँग यात्राकै क्रममा आर्थिक वार्ता गरेर उनले आफू ठूला व्यापारिक घरानाको विपक्षमा नरहेको सन्देश प्रवाह गर्न खोजेका थिए ।
अनि वामपन्थीहरूले जस्तो बजारलाई राज्यको नियन्त्रणमा राख्नुपर्ने सोच पनि आफूले नबनाएको उनको भनाइ छ । तर निर्धनको पक्षमा नीति बनाउनका लागि उनले जोड दिएर पार्टीलाई वामपन्थी दिशामा लग्न चाहेको चाहिँ देखिन्छ ।
मोदी सरकारलाई आसेपासे पूँजीवादको प्रश्रयकर्ता भनी आक्षेप लगाए पनि सरकारले प्रधानमन्त्री आवास योजना र उज्ज्वला योजना लगायतका कल्याणकारी योजनालाई डिजिटल पारदर्शितासहित वितरण गरिरहेको तथ्यलाई राहुलले झूटो साबित गर्न सक्दैनन् ।
यात्राका क्रममा राहुलले कांग्रेस पार्टीमा परिवर्तन आएको र पहिलेको जस्तो केन्द्रीकृत नेतृत्व तथा निर्णय नचल्ने बताए । पार्टीका बारेमा पत्रकारहरूले प्रश्न सोध्दा उनले अध्यक्ष मल्लिकार्जुन खडगेलाई सोध्न भनेर पार्टीमा विकेन्द्रीकरण भित्र्याइएको संकेत दिन खोजेका थिए ।
तर खडगे पनि गान्धी परिवारको निकटवर्ती भएकाले उनलाई अध्यक्ष बनाइएको र अलि स्वतन्त्र विचार राख्ने शशी थरूरलाई हराइएको कुरा जल्दोबल्दो सत्य हो ।
गान्धी परिवारको निकट भएकै कारण राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले पार्टीको अनुशासन भंग गर्दै गुटको छुट्टै भेला बोलाएको भए पनि उनलाई कारवाही गरिएको थिएन । अनि हिमाचल प्रदेशमा सुखविन्दर सिंह सुखुलाई मुख्यमन्त्री बनाउनका लागि पनि गान्धी परिवारले नै जोड दिएको थियो जबकि उक्त राज्यमा ६ पटक मुख्यमन्त्री बनेका वीरभद्र सिंहकी पत्नी प्रतिभा सिंह दौडमा थिइन् ।
यस्तो अवस्थामा जतिसुकै विकेन्द्रीकरणको कुरा गरे पनि पार्टीको सर्वेसर्वा वस्तुगत रूपमा अहिले पनि गान्धी परिवार नै हो । गान्धी परिवारको यही हालीमुहालीका कारण पार्टी संगठन कमजोर बनेर सशक्त नेताको उदय हुन रोकिरहेकाले पार्टी लगातार पराजित हुँदै गएको कटुसत्य हो । यस्तो स्थिति कायम रहेमा नेता तथा कार्यकर्तामा जन्मिन सक्ने वितृष्णालाई राहुलले कसरी सम्बोधन गर्ने हुन्, त्यो हेर्न बाँकी छ ।
राहुल गान्धीको भारत जोडो यात्रा कत्तिको सफल भयो भन्ने कुराको मूल्यांकन सन् २०२३ मा हुने विभिन्न विधानसभा निर्वाचनले गर्नेछन् । कर्नाटक, मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा हुन लागेको विधानसभा निर्वाचनमा कांग्रेसले बलियो प्रदर्शन गरेछ भने राहुलको यस यात्राले असर गरेको रहेछ भन्न सकिएला ।
त्यसो त राहुलले आफ्नो यात्रा चुनावी सफलताका लागि भन्दा पनि भारतलाई एकताबद्ध गर्नका लागि भइरहेको भनी आदर्श कुरा गरेका छन् । तर राहुलले भने जस्तो भारत अहिले धर्मका नाममा विभक्त भएको छ भने मोदी सरकारलाई अपदस्थ गराएर कांग्रेस सत्तामा आएमा मात्र एकताबद्ध गराउने नीति अवलम्बन गराउन सक्नेछ । त्यसर्थ, यस यात्राले कांग्रेसलाई सत्तामा पुर्याउन नसकेमा यसको औचित्यमाथि प्रश्न उठाउन सकिन्छ ।
भावी राष्ट्रपतिका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दाबी गरिरहे पनि निर्णायक मत भने उनीहरूबाहेकका दलसँग छ । यी दुईमध्ये कतै एकातिर तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) मात्र जोडिँद...
मूलधारका स्थापित राजनीतिक दललाई भ्रष्ट र अनैतिक तथा नेताहरूलाई पदलोलुपको आरोप लगाउँदै ‘नैतिक राजनीति’ गर्ने भन्दै दल खोलेका पूर्व पत्रकार रवि लामिछानेले गुमेको गृहमन्त्री पदमा बार्गेनिङ गरेर आफ्नो...
सूचनाको हकसम्बन्धी ऐनको दफा २७ मा केही संवेदनशील सूचनाहरू छन् भने त्यसलाई संरक्षण गर्नका लागि वर्गीकरण गर्न सकिने व्यवस्था छ । तर, त्यो व्यवस्था गर्नका लागि मुख्यसचिवको अध्यक्षतामा कुन मन्त्रालयसँग सम्बन्धित सूचना हो, ...
राष्ट्रपतिमा कांग्रेसले हात बढाएपछि मुख्य दाबेदार एमाले आक्रामक बनेको छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले माओवादीलाई फकाउन कुनै कसरत बाँकी राखेको छैन...
लामो समयदेखि तनावग्रस्त रहेको इजरायल र प्यालेस्टाइनको सम्बन्ध पुनः नयाँ हिंसाको चरणमा प्रवेश गरेको छ । गत बिहीवार इजरायली कमान्डोहरूले पश्चिम किनारस्थित जेनिनमा रहेको शरणार्थी शिविरमा छापा मारेर नौजन...
‘रविजी, तपाईंलाई गृह (मन्त्रालय) चाहिएको हैन ? ल लैजानुस् । बाँकी हामी मिलाउँछौं,’ प्रधानमन्त्रीमा शपथ लिनुअघि पुस ११ गते बानेश्वरमा मन्त्रालयको प्रारम्भिक भागबण्डा गर्न बसेको बैठकमा एमाले अध्यक्ष केप...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...