×

NMB BANK
NIC ASIA

तिलकसिंहको गजलको क्रेज : चर्चित कलाकारहरूले समेत बनाउँदैछन् ‘के लत बस्यो..’मा टिकटक

माघ ९, २०७९

NTC
Premier Steels

केही दिनयता सामाजिक सञ्जालमा निकै छाएको छ गजल गीत ‘के लत बस्यो...’ ।

Muktinath Bank

यस गजलमा हजारौंले टिकटक भिडियो बनाएका छन् । युट्युबमा गजलले लाखौं भ्युज पाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. प्रदीप कुमार मैनाली र तिलकसिंह पेलाको गजलको भ्युज सुरुवाती दिनमा भने निकै कम थियो । 


Advertisment
Nabil box
Kumari

सोमवार बिहानसम्म गजलको युट्युब भ्युज २२ लाख प्लस पुगिसकेको छ ।

Vianet communication

गजल गीत जब स्रोता एवं दर्शकहरुको कान र आँखामा पर्दै गयो, उनीहरूले खुलेर तारिफ गर्दै आफ्नो सामाजिक सञ्जालमा सेयर गर्न थाले ।

थुप्रै चर्चित कलाकारहरूले समेत गजललाई शब्द, संगीत र स्वरको त्रिवेणी भन्दै आफ्नो फेसबुक वालमा सेयर गरे । हजारौं स्रोता एवं दर्शकले टिकटक भिडियो बनाए । अनि विस्तारै गजलको भिडियोले युट्युबमा निकै राम्रो भ्युज पाउँदै गएको हो ।

डा. प्रदीप कुमार मैनालीको रचना रहेको गजललाई तिलक सिंह पेलाले संगीत र स्वर दिएका हुन् ।

रिदम कँडेलले गजलको एरेन्ज गरेका हुन् । कुनै तामझामबीना रेकर्डिङ स्टुडियोमा नै भिडियोको छायाँकन गरिएको थियो । तिलकसिंह आफै भिडियोमा प्रस्तुत छन् । यस गजलमा चलेका थुप्रै कलाकारहरुले टिकटक भिडियो बनाएका छन् । चर्चित गायक रामकृष्ण ढकालदेखि अभिनेत्री करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौलासम्मले उक्त गजलमा टिकटक बनाएका छन् । 

पूर्व मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा, कलाकार कुमार कट्टेल, अभिनेत्री लक्ष्मी वर्देवा, गायिका देवीघर्ती लगायतका थुप्रैले उक्त गजलमा टिकटक भिडियो बनाएका छन् । 

सुदूरपश्चिमको बैतडीका गायक पेला लामो समयदेखि शास्त्रीय सङ्गीतमा क्रियाशील छन् । यसअघि पनि उनका केही गीतलाई स्रोता दर्शकले निकै रुचाएका थिए । यद्यपि, उनी लामो समयपछि फेरि एकपटक गजल गीतमार्फत चर्चामा आएका हुन् । पछिल्लो समय भिडियोमा एकदमै तामझाम हुने तर अडियोमा हुनुपर्ने मेहनत घटेको गुनासो बढ्दै गएको छ ।

तामझामबीना तयार गरिएको ‘के लत बस्यो...’ गजलले चर्चा पाएसँगै भने गीतमा अडियो पक्ष नै बलियो हुनुपर्ने पुष्टि भएको कलाकारहरूले बताएका छन् । उक्त गजललाई युट्युबमा समेत निकै राम्रा प्रतिक्रियाहरू आएका छन् ।

गायक पेलाको सामान्य सब्सक्राइबर भएको युट्युबमा भिडियो सार्वजनिक गरिएको थियो । अहिले भने उनको​ युट्युब सब्सक्राइबर समेत ह्वात्तै बढेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x