२४ असार २०८३, बुधबार

अश्विनीलाई राष्ट्रिय ब्युटी पेजेन्ट सम्मान

अश्विनीलाई राष्ट्रिय ब्युटी पेजेन्ट सम्मान

नेपालको मोडलिङ उद्योगमा उल्लेखनीय योगदान पुर्‍याएकोमा चौथो एपीक नेपाल म्युजिक अवार्ड समारोहमा चर्चित फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई सम्मानित गरिएको छ । मध्यपुरथिमि नगरपालिकाको दुई पोखरीमा आयोजित समारोहमा  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अश्विनीलाई बधाईसहित सम्मानपत्र प्रदान गरे । उनले झाको प्रसंशा पनि गरे ।  

नेकपा (एमाले) का अध्यक्ष ओलीले अश्विनीलाई सम्मानपत्र प्रदान गर्दा मानवसेवा आश्रमका संरक्षक तथा ओलीकी धर्मपत्नी राधिका शाक्य, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका पूर्व मेयर मदनसुन्दर श्रेष्ठ,  वरिष्ठ अभिनेत्री गौरी मल्ल र बसुन्धरा भुसाल पनि उपस्थित  थिए ।

‘राष्ट्रिय सौन्दर्य प्रतियोगिता र फेसन कोरियोग्राफर सम्मानले मेरो पोर्टफोलियोलाई सजाएको छ र आगामी दिनमा थप मेहनत गर्ने उर्जा दिएको छ’, झाले  भने। उनले कला र कलाकारको उत्थानमा देखाएको मायाका लागि आयोजक एपीक नेपाल, सहआयोजक सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकालाई धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक र जनस्तरको सम्मानले उनीजस्ता कलाकार र युवा पुस्तालाई नेपालमा फेसन र प्यान्ट्री क्षेत्रलाई उत्प्रेरित गर्न र उत्थान गर्न प्रोत्साहित गर्नेछ। उनले आफ्नो ग्रूमिङ क्लास मोडलमा मात्र सीमित नभई फेशन डिजाइनिङ र स्टाइलिङ उद्योगमा आफ्नो भविष्य खोज्ने व्यक्तिहरूका लागि पनि उत्तिकै फाइदाजनक रहेको बताए ।

चौथो एपीक नेपाल म्युजिक अवार्डले तीन दशकभन्दा लामो समयदेखि नेपाली चलचित्रमा उत्कृष्ट योगदान पुर्‍याएका नायक राजेश हमाललाई पनि महानायक सम्मान प्रदान गरेको छ । सम्मानित हुनेमा वरिष्ठ रङ्ग पत्रकार प्रकाश सुवेदीलाई वरिष्ठ चलचित्र  पत्रकार सम्मानले सम्मानित  गरिएको छ । गोपीकृष्ण चापागाईलाई युवा पत्रकार सम्मान प्रदान गरिएको छ । 

सो अवसरमा गायिका तीर्थकुमारी थापालाई बरिष्ठ गायिका सम्मान र गायक रत्न बेहोसीलाई बरिष्ठ कलाकार सम्मान, समाजसेवी कृष्णबहादुर होनालाई समाजसेवी सम्मान, नेवा सम्मान हास्यकलाकार सबिन शाख्यलार्इ प्रदान गरिएको थियो । 

चौथो एपीक नेपाल म्युजिक अवार्ड समारोहमा सांगीतिक क्षेत्रका आ–आफ्ना विधाका विजेताहरुलाई पनि विभिन्न अवार्ड प्रदान गरिएको थियो। चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चर्चित कलाकार लक्ष्मी गिरी, गायक यशकुमार, दीपक बज्राचार्य, धिरज राई, यम बराल, रामचन्द्र काफ्ले, गायक जुनु रिजाल लगायतको उपस्थिति थियो । 

salt training

कमेन्ट गर्नुहोस्