
अभिनेता नाजिर हुसेनको नयाँ चलचित्र ‘गुलावी : एक रंग’को फस्टलुक पोष्टरलाई चलचित्रकर्मीहरुले तारिफ गरेका छन् ।
बिहीवार नाजिरलाई प्रस्तुत गर्दै सार्वजनिक गरिएको पोष्टरलाई थुप्रै चलचित्रकर्मीहरूले आफ्नो फेसबुक वालमा सेयर गर्दै शुभकामना दिएका छन् ।
पोस्टरमा नाजिर ‘ट्रान्स वुमन’को लुकमा देखिएका छन् ।
नारायण पुरी, दीपाश्री निरौला, दीपेन्द्र लामा, मिलन चाम्स, दीपेन्द्र के. खनाल, दीनेश राउत, सुदर्शन थापा, सन्तोष सेन, मिथिला शर्मा। नीता ढुंगाना लगायतका थुप्रै चलचित्रकर्मीले पोष्टर सार्वजनिक गर्दै खुलेर तारिफ गरेका छन् ।
गाजल, टिकी र नथिया लगाएको उनको सो तस्वीरले दर्शकहरुको समेत ध्यान तानेको छ ।
निर्देशक समुन्द्र भट्टको निर्देशनमा बनेको चलचित्रमा नाजिर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पात्रको रुपमा देखिनेछन् । गुलावीको भूमिकामा उनलाई दर्शकहरुले देख्न पाउनेछन् ।
यो चलचित्रमा नाजिरका साथै संचिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतको समेत अभिनय छ ।
चलचित्रको प्रदर्शन मिति भने तय भइसकेको छैन ।
