
बलिउड अभिनेत्री प्रियंका चोपडाको छोरीको तस्वीर बाहिरिएको छ ।
प्रियंका र निक जोनसले आफ्नी छोरीको तस्वीर लुकाउन खोज्दाखोज्दै बाहिरिएको हो ।
यसैसाता प्रियंका लस एन्जलसको एक कार्यक्रममा छोरीलाई लिएर पुगेकी थिइन् । जहाँबाट पहिलोपटक उनकी छोरी मालतीको तस्वीर सार्वजनिक भएको हो ।
२२ जनवरी २०२२ मा प्रियंका र निकले सामाजिक सञ्जालमा छोरीको जन्म भएको जानकारी दिँदै आफूहरु सरोगेसीमार्फत अभिभावक बनेको बताएका थिए ।
उनीहरुले २०१८ मा विवाह गरेका थिए ।
