×

NMB BANK
NIC ASIA

पर्साका अधिकांश रेडियोमा आर्थिक संकट, बन्द हुने भन्दै सञ्चालक चिन्तित

माघ १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मधेस–प्रदेशस्थित पर्साको वीरगञ्जका अधिकांश सामुदायिक र व्यावसायिक रेडियो यतिबेला आर्थिक सङ्कटमा परेका छन् ।

Muktinath Bank

दक्ष जनशक्तिको अभाव, व्यावसायिक विज्ञापन नपाउने, सरकारको दोहोरो कर नीतिलगायत कारणले एफएम रेडियो सञ्चालन गर्न समस्या भएको सञ्चालकहरूको गुनासो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सामुदायिक र व्यावसायिक रेडियो सञ्चालनको अवस्था र प्रदेश सरकारले गर्नसक्ने सहयोग’ का सम्बन्धमा प्रदेशको आम सञ्चार प्राधिकरणले यहाँ  आयोजना गरेको कार्यक्रममा स्थानीय रेडियो सञ्चालकहरूले दक्षजनशक्ति र विज्ञापनको अभावका कारण रेडियो सञ्चालन गर्न कठिनाइ भइरहेको बताए । 


Advertisment
Nabil box
Kumari

'हामीले अहिले सहजरूपमा विज्ञापन पाउने अवस्था छैन', सामुदायिक रेडियो नारायणी एफएमका सञ्चालक गोविन्द देवकोटाले भने, 'अहिले एफएमको आर्थिक स्रोत खुम्चिँदै गएको छ, सहज रूपमा विज्ञापन पाउने स्थिति छैन, कमिसन पाइने हिसाबले मात्र विज्ञापन उपलब्ध गराइन्छ ।'

Vianet communication
Laxmi Bank

'वीरगञ्जमा सामुदायिक र व्यावसायिक गरी १३-१४ वटा एफएम रेडियो छन्', विज्ञापन नपाएर ती सबैको आर्थिक अवस्था जर्जर भइसकेको छ', उनले भने, 'यस्तो अवस्थामा दक्ष जनशक्ति राख्ने र कन्टेन्टअनुसार कार्यक्रम तयार पार्न समस्या भइरहेकाले प्राविधिकको भरमा गीत बजाएर मात्र एफएम चलाउनु बाध्यता हामीसँग छ।'

आर्थिक सङ्कटका कारण यहाँका कतिपय एफएम बन्द भइसकेका छन् भने कतिपय रेडियो बन्द हुने अवस्थामा पुगेको रेडियो सञ्चाकहरूको भनाइ थियो ।

'दक्षजनशक्तिको अभावमा हामीले आफ्नो कार्यक्रम उत्पादन गरी बाहिर पठाउन सकिरहेका छैनौँ,' पब्लिक एफएमका राजेन्द्र सिंहले भने, 'यहाँ एफएम रेडियोले आफ्नो कार्यक्रम उत्पादन नगरी बाहिरका एमएमबाट उत्पादित कार्यक्रम बजाउनुपर्ने बाध्यता छ । हामीले स्रोतालाई आफ्नै उत्पादन सुनाउन चाहे पनि दक्षजनशक्ति नपाएर त्यसो गर्न सकिरहेका छैनौँ, त्यसैले यी समस्या समाधानका लागि सरकारले सहजीकरण गर्नुपर्छ ।'

आर्थिक समस्यामा रहेका एफएम रेडियोलाई टेलिफोन, इन्टरनेट र विद्युत् महसुलमा सहुलियत दिने व्यवस्था मिलाउन सकिए रेडियो सञ्चालनमा थोरै भए पनि सहज हुने सञ्चालकहरूको भनाइ थियो। 

'आर्थिक समस्याकै कारण रेडियो बन्द हुने अवस्थामा छ', आकास एफएमका सन्तोष पटेलले भने, 'आर्थिक समस्यामा परेर बन्द हुने अवस्थामा पुगेका रेडियोलाई विद्युत्, टेलिफोन र इन्टरनेटमा छुटसँगै विज्ञापन पाउने अवस्था सिर्जना गरे एफएम रेडियोलाई थोरै भए पनि राहत हुन सक्छ ।' 

स्थानीयस्तरका विज्ञापन स्थानीय सञ्चारमाध्यमबाट प्रकाशन प्रशारण हुने नीति बनाइए पनि कार्यान्वयन नहुँदा स्थानीय विज्ञापनमा पनि कमिसनका कारण बाहिरी सञ्चारमाध्यममा जाने गरेकाले स्थानीय विज्ञापन एकद्वार प्रणालीबाट स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउनुपर्नेमा उनको जोड थियो ।

'हामी बर्सेनि भ्याट र प्यान तिर्छौँ', रेडियो बिन्दासका सञ्चालक आरसी यादवले भने, 'तर पनि विज्ञापनको भुक्तानी दिने बेलामा १५ प्रतिशत कर काट्दा दोहोरो करको मार परेकोले यसबारे सरकारले सोच्नुपर्छ ।'

प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले सामुदायिक र व्यावसायिक रेडियोको अवस्थाप्रति आफूहरू सचेत रहेको बताए ।

समस्या परेर बन्द भएका रेडियोलाई एक पटकका लागि सहुलियत वा अनुदान दिएर भए पनि सञ्चालन गराउने प्राधिकरणको योजना रहेकाले आएका सुझावकै आधारमा योजना बनाइने उनले जानकारी दिए।

'स्वीकृति लिएका सबै एफएम रेडियो चल्नुपर्छ भन्ने हाम्रो चाहना हो', अध्यक्ष यादवले भने, 'हामीले समस्यामा परेकालाई के सहयोग गर्न सकिन्छ भने सोचिरहेका रहेका छौं। त्यसबाहेक बन्द भइसकेका रेडियोलाई सञ्चालनका लागि तत्काल अनुदान दिन सकिन्छ वा कर छुट भन्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौं।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x