१९ असार २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टरसँग बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । 

सम्झौताछि बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायबेटिक तथा अन्य रोगसम्बधी सुविधा लिँदा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

बसुन्धारामा अवस्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५ देखि १० प्रतिशत सम्म छुट पाउनेछन्।

सम्झौताअन्तर्गत भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टरले डाक्टर परार्मश, फार्मेसी, प्याथोलोजी ल्याब, ईसीजी, इको, युएसजी, टीएमटी, डिजिटल एक्सरे, दन्त सेवालगायत अन्य सेवाको शुल्कमा उक्त छुट प्रदान गर्नेछन् भने चिरायु नेशनल अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु बेड, एम्बुलेन्स, औषधि तथा डाइगोनिष्टिक सेवाहरुको शुल्कमा न्यूनतम ५ देखि बढीमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्  ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्