
सामसुङले नेपाली बजारमा सामसुङ ग्यालेक्सी एस२३ लन्च गरेको छ।
माघ २५ गते आयोजित एक भव्य कार्यक्रममा यसलाई प्रस्तुत गरिएको हो।
ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३+, र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलहरुको अन्भेल सामसुङका सह उपाध्यक्ष सुङ जुन पार्क, सामसुङका निर्देशक प्रणय रत्न स्थापित, नायक अनमोल केसी र मिस नेपाल २०२२ सुश्री प्रियंका रानी जोशीद्वारा संयुक्त रुपमा यसको लन्च गरिएको हो।
समारोहमा अतिथिहरुले सामसुङको नवीनतम उत्पादनबारे जानकारी लिएका थिए।
सामसुङका निर्देशक श्री प्रणय रत्न स्थापितले भने, 'ग्यालेक्सी एस२३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मिलियन पिक्सल क्यामराका साथ हाम्रो सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित छ, जसले तपाईंको संसारलाई शार्पर फोकसमा ल्याइदिन्छ ।'
ग्यालेक्सी एस२३ स्मार्टफोनहरू यसअघि कहिल्यै नगरिएको प्रिमियम एकस्पेरियस्का लागि डिजाइन गरिएका छन्।
ग्यालेक्सी एस२३ सिरिजमा असाधारण क्षमताका क्यामराहरु जडान गरिएका छन्, जसले ग्राहकहरुलाई कुनै पनि लाइतिंगमा फोटोहरु र भिडियोहरु खिच्नका लागि अगाडि र पछाडिको दुवै क्यामरा प्रयोग गर्न मिल्छ, फ्युचर–रेडी मोबाइल गेमिङ्गको अनुभव दिलाउँछ ।
यो एको फ्रेन्ड्ली डिभाइस भएको र जसको निर्माणमा पहिलेभन्दा दुई गुणा बढी रिसाइकल्ड गरिएका सामग्री प्रयोग गरिएको छ।