१९ असार २०८३, शुक्रबार

बेरोजगार उत्पादन गर्ने भट्टी बनेको विश्वविद्यालय शिक्षालाई बदल्नुछ– समिक बडाल [भिडियो]

फागुन १, २०७९
बेरोजगार उत्पादन गर्ने भट्टी बनेको विश्वविद्यालय शिक्षालाई बदल्नुछ– समिक बडाल [भिडियो]

​एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं महाधिवेशन फागुन २ देखि ४ सम्म हुँदैछ ।

२ वर्षमा हुनुपर्ने महाधिवेशन ७ वर्षमा हुन लागेको हो । अनेरास्ववियुको भावी अध्यक्षका दाबेदार समेत रहेका महासचिव समिक बडाल मंगलवारदेखि हुने महाधिवेशनपछि संगठन थप चलायमान र चुस्त हुने बताउँछन् ।

‘परिस्थितिले हामीलाई ७ वर्षसम्म महाधिवेशन नहुने स्थितिमा पुर्‍यायो । दुई वामपन्थी पार्टीको विग्रहको प्रभाव हाम्रो संगठनमा परेको हो,’ लोकान्तरसँगको कुराकानीमा बडालले भने, ‘तर हामी नयाँ ऊर्जाका साथ यसपटक महाधिवेशनमा जुटेका छौं । राजनीतिक दलले नेतृत्व गर्दैगर्दा पनि यस्ता संस्थालाई कोमामा पुर्‍याइएको छ । यसलाई सुधार गरेर माथि उठाउनुपर्ने अवस्था र दायित्वमा हामी छौं ।’ 

शिक्षामा खुलमखुला व्यापार भइरहेको भन्दै यस्तो परिस्थितिलाई अन्त्य गर्ने विषयमा आफूहरूले पहलकदमी लिने पनि उनले बताएका छन् ।  

‘शिक्षामा खुलमखुला व्यापार हुँदा संविधानको धारा व्याख्या गरेर बस्नुपर्ने राज्य छ । विश्वविद्यालय शिक्षा बेरोजगार उत्पादन गर्ने भट्टीको रूपमा विकास भएका छन्,’ उनले थपे, ‘विश्वविद्यालय उद्यमशीलतासँग जोड्ने, नीतिगत विषयसँग जोड्नुपर्ने आजको आवश्यकता छ । विश्वविद्यालयलाई उद्यम र रोजगारसँग जोड्नुपर्छ । शैक्षिक हब नेपाल हो भनेर विश्वविद्यालय सुधार्नुपर्ने गरी दबाब सिर्जना गर्नेछौं । दबाब होइन राज्यलाई सहयोग गर्ने कुरामा लाग्छौं ।’ 

उत्कृष्ट, फरक भूगोलका, राम्रा, अब्बल र योग्य विद्यार्थीलाई नेतृत्वमा पुर्‍याउन यसपटकको महाधिवेशन सफल हुने दाबी उनको छ । ​

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्