
मर्जरमा जाने निर्णय गरेका हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार १२ फागुनदेखि सुरू हुने तय भएको छ ।
एकीकृत कारोबार हिमालयन बैंकको नामबाट हुनेछ । हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो । हिमालयन बैंकको सेयरधनीको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन भने सिभिल बैंकको सेयर कित्ता घट्नेछ। जसअनुसार हिमालयन बैंकको १०० कित्ता बराबर सिभिल बैंकको ८०.२८ कित्ता हुने अनुपातमा मर्जर भएको हो।
डाटा माइग्रेशन प्रक्रियाको लागि हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालीन काउन्टर सेवा, १० र ११ गते सबै सेवाहरू बन्द रहनेछन्। यसैगरी सिभिल बैंकको फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु बन्न रहने एक सूचनामार्फत दुबै बैंकले जानकारी दिएका छन् ।