०४ असार २०८३, बिहीबार

लोक गायक विष्णु खत्री भन्छन् – कसैका विरुद्ध नयाँ संस्था खोल्न लागेका होइनौं

लोक गायक विष्णु खत्री भन्छन् – कसैका विरुद्ध नयाँ संस्था खोल्न लागेका होइनौं

​लोक गायक विष्णु खत्रीले कसैको विरुद्ध गीत संगीत क्षेत्रको नयाँ संस्था खोल्न लागिएको नभएको बताएका छन् । 

अग्रज गायक बमबहादुर कार्की लगायतसँग मिलेर गायक खत्रीले नयाँ संस्था खोल्न लागेको विषय यतिबेला साङ्गीतिक क्षेत्रमा चर्चामा छ ।

गायक खत्रीले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘हामी कसैका विरुद्ध संस्था खोल्दैनौ । खोल्छौ त धेरै नयाँ, भिन्न, वृहत्, समावेशी र पारदर्शी संस्था खोल्छौँ ।’

उनले आफूहरूले खोल्ने नयाँ संस्थालाई गर्व गर्न लायक बनाउने बताएका छन् । संस्कृतिको लागि आफ्नो जीवन अर्पण गरेका अग्रजका अनुभवलाई व्यवहारमा उतार्न, अध्ययन र अनुसन्धानका लागि प्लेटफर्म तयार पार्न, नयाँलाई मार्गनिर्देशन दिन र प्रोत्साहन गर्न, संस्कृतिको संरक्षण र प्रवर्द्धन गरी अन्तराष्ट्रियकरण गर्न, लोपोन्मुख कला संस्कृतिको जगेर्ना गर्न, वास्तविक स्रष्टाको खोजी गरी पहिचान दिलाउन नयाँ संस्था गठनको तयारीमा लागेको उल्लेख गरेका छन् ।

उनले आफूहरूले संस्थाको नाममा ‘लोक’ शब्द राखेर संस्थालाई साँघुरो घेरामा सीमित राख्ने पक्षमा नरहेको समेत उल्लेख गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशनको तयारीमा गायक खत्रीले नयाँ संस्था खोल्नका लागि गरेको तयारीको विषयलाई लिएर लोकदोहोरी कलाकारहरूले विभिन्न धारणा सार्वजनिक गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्