०४ असार २०८३, बिहीबार

दोहोरीगीत प्रतिष्ठानले भन्यो – महाधिवेशनमा भोटका लागि आर्थिक लेनदेन गरे कारबाही गर्छौ

दोहोरीगीत प्रतिष्ठानले भन्यो – महाधिवेशनमा भोटका लागि आर्थिक लेनदेन गरे कारबाही गर्छौ

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आसन्न केन्द्रीय महाधिवेशनमा मत प्रभावित पार्ने गरी आर्थिक लेनदेन गरेमा आचारसंहिताअनुसार कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

कुनै पनि प्रतिनिधि, उम्मेदवार वा संस्थाले महाधिवेशनको नाममा मत प्रभावित हुने आशय राखेर कोही कसैसँग आर्थिक लेनदेन वा आर्थिक लेनदेन गर्ने आशय सहितको कुरा गरेको पाइए कारबाही गर्ने प्रतिष्ठानले जनाएको छ ।

अध्यक्ष रमेश बीजी र महासचिव सुवास केसीले विज्ञप्‍ति जारी गर्दै सम्भावित लेनदेन रोक्न सचेत गराएका हुन् । 

विज्ञप्‍तिमा भनिएको छ, ‘कुनै पनि प्रतिनिधि, उमेदवार वा संस्थाले महाधिवेशनको नाममा मत प्रभावित हुने आशय राखेर कोही कसैसँग आर्थिक लेनदेन गरेको वा आर्थिक लेनदेन गर्ने आशय सहितको कुरा गरेको प्रमाण फेला परेमा त्यसरी कुरा गर्ने प्रतिनिधि, उमेदवार वा संस्था जो कोहीलाई पनि केन्द्रीय समितिले आफ्नो आचारसंहिताको अधिनमा रही कडाभन्दा कडा कारबाही गर्ने ब्यहोरा पनि जानकारी गराइन्छ ।’ 

प्रतिष्ठान विशुद्ध सामाजिक संस्था भएको, नाफाको व्यापारबाट बाहिर रहेर व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर कलाकारको हित र कलाको संरक्षणको लागि मात्र सक्रिय रहेको समेत अवगत गराइएको छ । 
 

प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशन यही फागुन १२ देखि १४ गतेसम्म धादिङको सदरमुकाम धादिङबेसीमा हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्