१६ असार २०८३, मंगलबार

सिटिजन लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम

फागुन १०, २०७९
सिटिजन लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सञ्चालन गरेको छ ।

२०७९ साल, फाल्गुण १ देखी ९ गते सम्म कम्पनीको प्रधान कार्यालय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि सो तालिम आयोजना गरिएको थियो र काठमाडौं उपत्यका बहिर बर्दिबास, मिर्चैया, गाईघाट, विराटनगर, धरान, इनरुवा, विराटचोक, बिर्तामोडलगायत विभिन्न स्थानमा कम्पनीसँग आबद्ध अभिकर्ता एवम सम्पूर्ण कर्मचारिहरूको सहभागितामा सो तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।

कम्पनीको व्यवस्थापन समूह समेतको उपस्थिति रही कम्पनीका सम्पूर्ण कर्मचारिलाई दिइएको तालिम कम्पनीका कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत विदुर बहादुर भुजेलले प्रस्तुत गरेका थिए। 

उक्त तालिममा गैरकानूनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रिया के के हुन्, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो। 

साथै काठमाडौं उपत्यका बाहिरका स्थानहरूमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल स्व्यमले नै प्रस्तुत गरेका थिए।

उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यान्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामबारे जानकारी दिए। 

यस प्रकारको कार्यक्रम देशभरि क्रमशः विस्तार गरिनेसमेत पौडेलले बताए। 

salt training

कमेन्ट गर्नुहोस्