०५ असार २०८३, शुक्रबार

रूकुमपूर्वका स्कूलहरूमा एजुकेट नेपालको शैक्षिक सामग्री वितरण

फागुन ११, २०७९
रूकुमपूर्वका स्कूलहरूमा एजुकेट नेपालको शैक्षिक सामग्री वितरण

पोखरास्थित एजुकेट नेपाल नामक संस्थाले रुकुम पूर्वका विद्यालयहरूमा १० लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको छ । 

रुकुम पूर्वको उत्तरगंगा गाउँपालिकाका पुथा हिमालयन मावि, हिमालयन आधारभूत विद्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय लगायतका विद्यालयमै पुगेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । 

एजुकेट नेपाल संस्थाका अध्यक्ष कृष्ण पौडेलले १२ हजार प्रति कापी, ६ प्रति कलम, ८ प्रति पेन्सिल, इरेजर र शार्पनर विद्यार्थीलाई हस्तान्तरण गरेको हो ।

विभिन्न अन्य संस्था र शुभेच्छुकहरू मार्फत उक्त सहयोग गरिएको पौडेलले बताए । शैक्षिक सामग्री वितरणमा १० लाख जति रकम खर्च गरिएको उनको भनाइ छ । 

सहयोग हस्तान्तरण गर्न पोखराबाट पौडेलसँगै सोवित खाँण, निशान ढकाल, निशान लामिछानेलगायत रुकुमपूर्व पुगेका थिए । 

उक्त सहयोगका लागि पोखरास्थित विभिन्न स्कूलका विद्यार्थीहरूबाट कापी कलेक्सन गरिएको थियो भने गो फण्ड मी नामक सहयोग उठाउने संस्थाबाट १ लाख सहयोग उठेको थियो । त्यस्तै जापानस्थित लिटल नेपाल रेस्टुरेन्ट र पोखरास्थित कर्म फ्लाइट फाउन्डेसनले पनि सहयोग गरेको थियो । 

एक वर्ष अगाडि स्थापना भएको एजुकेट नेपाल नामको संस्थाले यो बीचमा पनि विभिन्न दुर्गम ठाउँका स्कूलका बालबालिकालाई सहयोग गर्दै आइरहेको छ । 

यस अगाडि कालिकोट, गोर्खा, तनहुँको बन्दीपुर लगायत विभिन्न ठाउँहरूमा पुगेर विद्यार्थीलाई सहयोग गरिएको संस्थाका अध्यक्ष पौडेलले बताए। 

salt training

कमेन्ट गर्नुहोस्