×

NMB BANK
NIC ASIA

अस्थिरताको गोलचक्करमा मुलुक

प्रचण्डको घाँटीमा झुण्डिएको अस्थिरताको अर्को तक्मा !

दुई महिनामै 'कोर्स करेक्सन' गर्ने अवस्थामा कसरी पुग्यो माओवादी ?

फागुन १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने प्रचण्डको निर्णयपछि सामाजिक सञ्जालमा एमाले र माओवादी कार्यकर्ताबीच जुहारी चलिरहेको छ । रंग बदलेको छेपारोको फोटो हाल्दै एमाले नेता–कार्यकर्ता प्रचण्डलाई धोकेबाजको संज्ञा दिइरहेका छन् । 

Muktinath Bank

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस उम्मेदवारलाई समर्थन गर्छन् भन्ने जानकारी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पहिलै थियो । पुस २६ गते नै ओलीले आफ्ना विश्वासपात्रहरूलाई माओवादीले जुनसुकै बेला धोका दिनसक्ने संकेत दिएका थिए । कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएसँगै एमाले र माओवादीबीच अविश्वासको बिउ रोपिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्रीमा कांग्रेसको समेत विश्वासको मत पाएपछि प्रचण्डले ओलीसँगको भेटमा सधैं उस्तै कुरा गर्ने गरेको एमाले नेताहरू बताउँछन् ।


Advertisment
Nabil box
Kumari

‘राष्ट्रपतिमा कसैलाई समर्थनको वाचा गरेर उहाँले एमालेसँग औपचारिकताका लागि मात्र छलफल गरिराख्नुभएको हामीले छनक पाएका थियौं, हाम्रो अनुमान सही साबित भयो,’ पछिल्लो राजनीतिक घटनाक्रमबारे एमालेका एक पदाधिकारीले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेक्रममा सशंकित ओलीले कांग्रेसले थापेको ‘ढोक्सा’मा माछा नपर्ने टिप्पणी गरेका थिए । घटनाक्रमले ओलीको आशंका वास्तविकतामा परिणत भयो । सरकार गठन भएको दुई महिनामै प्रचण्डले ‘कोर्स करेक्सन’ गरेर राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा पार्टीबाट प्रस्तावक र समर्थक नै राखे ।

राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई समर्थन गरेसँगै ऊसँगको सहकार्य टुटेको निष्कर्ष एमालेले निकालेको छ । भलै, सुवास नेम्वाङको उम्मेदवारी दर्तापछि पनि ओलीले पुस १० गतेको सहमति कायम रहेको र आफ्नै उम्मेदवारले जित्ने दाबी गर्न छाडेका छैनन् । माधव नेपालदेखि बाबुराम भट्टराई हुँदै अमिक शेरचनसम्मको नाम प्रस्ताव गरेका ओलीले उम्मेदवारी दर्तापछि पुस १० गते नै नेम्वाङको नाम टुंगो लागेको र डिस्क्लोज मात्र नभएको दाबी गरेका थिए ।

राष्ट्रपतिको उम्मेदवारी मनोनयनसँगै बालकोटमा बनेको गठबन्धनको लगनगाँठो फुस्किन शुरू भइसकेको छ । अहिलेको संसद्मा एमालेको ‘स्याटेलाइट’ पार्टी भनिने राप्रपा समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिइसकेको छ । एमाले पर्ख र हेरको रणनीतिमा छ । 

कम्तीमा पनि फागुन २५ गतेसम्म सरकारबारे केही निर्णय नगर्ने एमालेको रणनीति छ । फागुन २५ मा राष्ट्रपतिको निर्वाचन सकिएपछि मात्र एमालेले सरकारबारे निर्णय गर्ने नेताहरूले बताएका छन् । 

null

कहाँबाट बिग्रियो एमालेसँग कुरा ?

चुनावअघि नै पहिलो कार्यकालको प्रधानमन्त्री बन्ने सुनिश्चितता गरेका प्रचण्डलाई कांग्रेसले धोका दिएपछि प्रधानमन्त्री बन्न बालकोटको सहारा लिएका थिए । कांग्रेसबाट धोका पाएका प्रचण्डलाई ओलीले प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए । 

प्रचण्ड स्वयंले आफ्नो कुरा राख्न नसकेपछि ओलीले नै ‘तपाईं प्रधानमन्त्रीमा समर्थन खोज्न आउनुभएको होइन ?’ भनेर प्रचण्डको मनको कुरा खोलिदिएका थिए । ओलीले नै राप्रपा र रास्वपालाई बोलाएर प्रचण्डको पक्षमा समर्थन जुटाइदिए । बालकोट पुगेको ६ घण्टामा प्रचण्ड प्रधानमन्त्री नियुक्त भइसकेका थिए ।

प्रचण्ड प्रधानमन्त्री भएको केही दिनमा ओलीले वर्तमान सरकार ‘मेड इन नेपाल’ भएको र यसलाई टिकाइराख्ने चुनौती रहेको बताए । 

पुस २३ गते नवनिर्वाचित सांसदलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘नेपालीले नेपालमा सरकार बनाउन नपाउने, चलाउन नपाउने यस्तो पनि हुन्छ ? त्यस कोर्सलाई परिवर्तन गर्‍यौं । यो नेपालीले बनाएको सरकार हो । अहिलेको परिवर्तनमा यो महत्त्वपूर्ण कुरा हो ।’

माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको सरकारविरुद्ध देखिने गरी वैदेशिक हस्तक्षेप चलिरहेको ओलीले टिप्पणी गरेका थिए । 

‘नेपालीलाई बनाउन नदिने चाँजोपाँजो थियो, यो ज्यादै ठूलो महत्त्वपूर्ण उपलब्धि हो । यो बाह्य हस्तक्षेपका विरुद्ध हाम्रो एकता हो । हामी सार्वभौमसत्ता सम्पन्न राष्ट्र हौं भन्ने कुराको अनुभूति सानो होइन’, ओलीले भनेका थिए । 

ओलीले वर्तमान सरकारलाई ‘मेड इन नेपाल’को संज्ञा दिएकोमा प्रचण्ड सन्तुष्ट थिएनन् । यसले कुनै छिमेकीलाई पिन्च पर्ने उनको बुझाइ थियो ।

२०६७ मा झलनाथ खनाललाई प्रधानमन्त्री बनाउँदा प्रचण्डले यस्तै अभिव्यक्ति दिएका थिए । ‘नेपालीको आत्मनिर्णयको अधिकार’ले बनाएको दाबी गरेपछि झलनाथ सरकार ६ महिनामा गिर्‍यो । खनाललाई भारत भ्रमणको निम्तो समेत आएन । 

पुस ११ गते रवि लामिछानेलाई गृहमन्त्री प्रस्ताव गर्दा नै प्रचण्ड ओलीसँग झस्किएको माओवादी स्रोत बताउँछ । ‘पावर शेयरिङ कसरी गर्ने भनेर रविले प्रश्न गरेपछि प्रचण्ड बोल्न नपाई ओलीले नै तपाईंलाई गृहमन्त्री चाहिएको हैन, लैजानुस् । बाँकी हामी मिलाउँछौं,’ भनेको माओवादी स्रोत बताउँछ । पुस ११ गते प्रचण्डले माओवादीकै कुनै नेतालाई गृहमन्त्री बनाउन चाहेका थिए ।

सरकारको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्ने क्रममा पनि प्रधानमन्त्री प्रचण्डभन्दा एमाले अध्यक्ष केपी शर्मा ओली हावी भए । कार्यक्रम सार्वजनिक गर्दा मुख्य कुर्सीमा ओली बसेका थिए । ओलीको अभिव्यक्ति र हाउभाउप्रति कटाक्ष गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई पिंजडामा पार्ने प्रयास भएको टिप्पणी गरेका थिए । 

शुक्रवार राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेलगत्तै विश्वप्रकाशले ट्वीटरमा लेखे, ‘पिंजडा भत्कियो ।’

null

बिहीवारसम्म आइपुग्दा प्रचण्डसँगको तिक्तता कतिसम्म भने, फागुन १ गतेका लागि सरकारले दिएको बिदालाई ओलीले ‘हिंसा दिवस’ भनिदिए । राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न ठिक्क परेका प्रचण्डलाई ओलीको पछिल्लो अभिव्यक्ति काँडा बिझेजस्तो भयो । माओवादीहरू फागुन १ लाई ‘महान् जनयुद्ध दिवस’ भन्छन् । 

फागुन ८ गते पार्टी पदाधिकारी बैठकमा प्रचण्डले ओलीसँग दुई महिनाको सहकार्यले आफू आजित भएको सुनाएका थिए । उच्चस्तरीय संयन्त्रको संयोजकका रूपमा प्रधानमन्त्रीभन्दा ओली हावी हुन खोजेको गुनासो प्रचण्डको थियो ।  

सभामुख र राष्ट्रपति निर्वाचनपछि ओली झनै हावी हुने र आफूलाई कर्नरमा पार्ने महसूस प्रचण्डले गरेका थिए । राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गराएको दिन प्रचण्डले ओलीको मान्छेलाई राष्ट्रपति बनाउँदा दुःख पाइने बताएका थिए । 

प्रचण्डको घाँटीमा अस्थिरताको अर्को तक्मा !

कहिले कांग्रेस र कहिले एमालेसँग समीकरण बनाएर सत्ताको मियोमा रहेका प्रचण्डमाथि सधैं अस्थिरताको आरोप लाग्ने गर्छ । प्रचण्डले खेलेर विचौलियाको काम गरेको भन्दै पुस १० गते अघिसम्म एमालेले कांग्रेसलाई नै सरकार चलाउन दिने संकेत गरेको थियो । 

प्रचण्ड स्वयं भने यसलाई ‘गतिशील’ भएको भन्न रुचाउँछन् । संसद् सम्बोधनका क्रममा प्रचण्डले धेरैजनालाई प्रधानमन्त्री बनाएर विश्व रेकर्ड बनाएको दाबी गरेका थिए । 

हुन पनि ओलीलाई दुईपटक प्रधानमन्त्री बनाउन प्रचण्डको भूमिका थियो । २०७२ मा संविधान जारी गरेलगत्तै प्रचण्डकै प्रस्तावमा ओली प्रधानमन्त्री बनेका थिए । दुर्भाग्य! प्रचण्डकै अविश्वासको प्रस्तावले ओली बाहिरिनुपर्‍यो । सरकारले संसदमा पेश गरेको बजेट पारित नहुँदै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको थियो । 

२०७४ सालमा दोस्रोपटक ओलीलाई प्रधानमन्त्री बनाउन पनि प्रचण्डकै भूमिका निर्णायक थियो । ओलीलाई सत्ताच्युत गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अध्यायको साक्षी पनि प्रचण्ड नै हुन् । २०७३ सालमा ओलीलाई विस्थापित गरेर आफू प्रधानमन्त्री बनेका प्रचण्डकै प्रयासमा देउवा २०७४ सालमा चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका थिए । 

२०७८ सालमा ओलीलाई विस्थापित गरेर देउवालाई पाँचौं प्रधानमन्त्री बनाउने मुख्य योजनाकार पनि प्रचण्ड थिए । झलनाथ खनालदेखि, बाबुराम भट्टराईसम्मलाई प्रधानमन्त्री बनाउनमा प्रचण्डको भूमिका थियो । 

संक्रमणकालीन अवस्थामा प्रचण्डले विभिन्न सरकारको समीकरण गरे पनि अहिले स्थिरताको कामना गरिरहेको मुलुकमा प्रचण्डको भूमिका कारण फेरि एकपटक देश राजनीतिक अस्थिरताको भुमरीमा पर्ने आशंका गरिँदैछ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली प्रचण्डको पछिल्लो निर्णयले देशलाई अस्थिरतामा लैजाने टिप्पणी गर्छन् । 

‘मुलुकलाई अन्तहीन अस्थिरतामा लैजाने निर्णय भयो भन्ने एमालेको ठहर छ । राजनीतिमा कति धेरै धोकाधढी, दाउपेच र कुनै कुरालाई विश्वास गर्न नसकिने खालका छुद्र खेल हुन्छन् भन्ने देखायो,’ प्रचण्डको पछिल्लो निर्णयबारे ज्ञवालीले भने, ‘समग्र घटनाक्रममा बाह्य पक्ष सक्रिय भएका र दौडधूप गरेको देखियो, यसले नेपालको स्वतन्त्र निर्णय गर्ने अधिकारलाई कुण्ठित पारेको अवस्था छ । समष्टिगत रूपमा दुर्भाग्यपूर्ण निर्णय भयो ।’ 

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नुमा शक्तिकेन्द्रको दबाब रहेको कुरा माओवादी नेताहरू स्वीकार्छन् । नेपालमा ‘गैर कम्युनिस्ट राष्ट्रपति’ होस् भन्ने भारतको चाहना रहेको बताइन्छ । 

गत बुधवार प्रतिनिधिसभाको बैठकमा एमाले सांसद रघुजी पन्तले नेपालमा राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा भारतीय विदेश सचिवले अस्वाभाविक चलखेल गरेको भन्दै विरोध गरेका थिए । 

कांग्रेसलाई राष्ट्रपति बनाउन प्रचण्डले जोडबल गर्नुको अर्को कारण चाहिँ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने योजना पनि हो । शान्ति प्रक्रिया पूरा गर्ने मामिलामा एमालेभन्दा कांग्रेस जिम्मेवार रहेको प्रचण्डले पार्टी बैठकमा सुनाएका थिए । 

एमालेलाई प्रतिपक्षमा राखेर संसद् चलाउन सहज छैन भन्ने प्रचण्डले बुझेका छन् । 

पुस ९ गतेसम्म कांग्रेससँग सहकार्य, पुस १० मा एमालेको सहकार्य र फागुन १२ पछि फेरि कांग्रेससँग टाँसिएर प्रचण्डले आफूलाई एक अवसरवादी नेताको रूपमा उभ्याएका छन् । 

तत्कालका लागि प्रचण्डले चतुर्‍याइँ देखाए पनि निकट भविष्यमा एमालेले कांग्रेसलाई नै प्रधानमन्त्री अफर गरेर प्रचण्डलाई चक्मा दिने खेल भयो भने आश्चर्य मान्नुपर्ने देखिन्न ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x