
अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनका दिन ५६.८८ अंकले बढेको नेप्से परिसूचक उनको बर्हिगमनको दिन ३.६५ अंकले घटेको छ ।
अर्थमन्त्री पौडेललाई पत्याएको शेयर बजार उनको आगमन भएको दिन ११ पुसमा नेप्से सूचक १९२४.०९ विन्दुमा पुगेको थियो ।
पौडेलको बर्हिगमन भएको दिन आज सोमवार भने २०२३.५४ विन्दुमा रोकिएको छ ।
पौडेल अर्थमन्त्री भएपछि नेप्से परिसूचक साढे २ सय अंकले बढेको छ । १८ सय अंकमा झरेको नेप्से पौडेल अर्थमन्त्री भएपनि अहिलेसम्ममा २०२३.५४ अंकमा पुगेको छ । पछिल्लो २ महिनाको नेप्सेको सूचक हेर्ने हो भने पौडेल अर्थमन्त्री भएपछि करिब साढे २ सय भन्दा बढी अंकले बढेको छ ।
आज थोरै अंकले घटेको दिने सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ९.७३ अंक शेयर मूल्य बढेको छ ।
आज सबैभन्दा बढी गुमाउनेमा भने आरती हाइड्रो एण्ड जेनेरल कम्पनी रहेको छ ।
आज नेप्सेमा सूचीकृत कम्पनीमध्ये २५९ कम्पनीको ५१ लाख २० हजार कित्ता शेयरको ३७ हजार ३३८ पटक कारोवार भएको छ । यसबाट जम्मा १ अर्ब ८९ करोडको कारोबार भएको छ ।