
नेपाली फिल्मका हास्य कलाकार तथा अभिनेता केदार घिमिरे 'माग्ने बुढा'ले बलिउड अभिनेता सलमान खानलाई आफू अभिनित फिल्म 'छक्का पञ्जा ४' रिलिज हुन लागेको भनी जानकारी गराएका छन्।
फेसबुकमा सलमान खानको पोस्टमा गएर घिमिरेले हिन्दी भाषामा यसबारे कमेन्ट गरेका हुन्।
नेपाली चर्चित फिल्म 'छक्का पञ्जा'को चौथो सिक्वेल भोलि (शुक्रबार) बाट देशव्यापी प्रदर्शन हुँदै छ। जसको प्रमोसनमा घिमिरेलगायत पूरै टिम यतिबेला लागिपरेको छ।
सलमानले 'बिल्ली बिल्ली आँख गोरिए' भन्ने गीत आउन लागेको भनी फेसबुकमा पोस्ट गरेपछि कमेन्टमा घिमिरेले लेखेका छन्-waiting .... हमारे नेपालमे भि मार्च ३ से सिनेमा "छक्कापञ्जा 4 " आरहा है भाईजान।
घिमिरेको उक्त कमेन्ट यतिबेला भाइरलझैं बनेको छ।