२६ असार २०८३, शुक्रबार

कैलालीमा आधा जनसंख्याले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरे

फागुन १९, २०७९
कैलालीमा आधा जनसंख्याले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरे

कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने ११ औं पटकको अभियान जारी छ । अभियान सञ्चालन भएको सातौं दिनसम्म कुल लक्ष्यको आधा जनसङ्ख्याले हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार साँतौ दिनसम्म ६ लाख ६० हजार ४७ जनाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका छन् ।

जिल्लामा नौ लाख २६ हजार ८९० जनसङ्ख्या रहेकोमा हालसम्म ७१.२१ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि खाइसकेको सो कार्यालयको भनाइ छ । कैलालीमा फागुन २४ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने छ ।

salt training

कमेन्ट गर्नुहोस्