२४ असार २०८३, बुधबार

एनएमबी बैंकले विद्यालयलाई दियो १०० थान डस्टबिन

फागुन २२, २०७९
एनएमबी बैंकले विद्यालयलाई दियो १०० थान डस्टबिन

एनएमबी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको धुलाबारीमा १०० वटा डस्टबिन वितरण गरेको छ ।

उक्त सहयोग सो समुदायको विद्यालयको सरसफाइ तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उद्देश्यका साथ त्यस क्षेत्रका ९ वटा साना तथा ठूला सामुदायिक विद्यालयमा वितरण गरिएको हो ।

उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्त संस्थाले सहजीकरण गरेको थियो ।

सो कार्यक्रममा बैंकको तर्फबाट एरिया प्रमुख श्री नरेन्द सुवेदी, सिनियर बिजनेस म्यानेजर श्री प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक श्री भरत शर्मा खरेलको उपस्थिति थियो, साथै खानेपानी कार्यालयबाट अध्यक्ष श्री अजय घिमिरे लगायत अन्य पदाधिकारीको समेत उपस्थिति थियो ।

एनएमबी बैंक २६ वर्षदेखि अनवरत रूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

salt training

कमेन्ट गर्नुहोस्