१६ असार २०८३, मंगलबार

माछापुच्छ्रे बैंक र लुलु एक्सचेन्जबीच सम्झौता

फागुन २२, २०७९
माछापुच्छ्रे बैंक र लुलु एक्सचेन्जबीच सम्झौता

माछापुच्छे बैंक लमिटेडले बहराइनमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्देश्यसाथ लुलु एक्सचेन्ज बहराइनसँग व्यावसायिक सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा लुलु एक्सचेन्जको तर्फबाट महाप्रबन्धक एडिसन फर्नान्डेज तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले हस्ताक्षर गरे।

उक्त सम्झौतापश्चात् बहराइनमा बस्ने नेपालीले लुलु एक्सचेन्जको १६ वटा काउन्टरबाट नेपालमा पठाएको रेमिट्यान्स नेपालमा रहेका बेंकका जुनसुकै शाखा तथा रेमिट्यान्स एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०५ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्