२४ असार २०८३, बुधबार

सुजनले सुरु गरे ‘सेतो घर’को निर्माण, सिरियलमा ‘उहिलेका कथा’ समेटिने

फागुन २४, २०७९
सुजनले सुरु गरे ‘सेतो घर’को निर्माण, सिरियलमा ‘उहिलेका कथा’ समेटिने

डि.आर सुजन फिल्मस् प्रा.लिले ‘सेतो घर’ नामक सिरियलको प्रशारण सुरु गरेको छ । 

साप्ताहिक रुपमा सार्वजनिक गरिने यो सेन्टिमेन्टल सिरियलको तीन भाग प्रशारणमा आइसकेको छ । 

डि..आर सुजनको कन्सेप्ट, कथा एवं निर्देशनमा सिरियलको निर्माण एवं प्रशारण सुरु भएको हो । निर्देशक सुजनले यस सिरियललाई ‘उहिलेका कथा’ भनेका छन् । 

लेखक एवं निर्देशक डि.आर सुजन

दर्जनौं म्युजिक भिडियोको निर्देशन एवं थुप्रै भिडियोमा अभिनय गरिसकेका उनले सामाजिक कथामा सिरियलको निर्माण सुरु गरिएको बताए । 

सिरियलमा दर्शकहरूले पुराना–नयाँ कलाकारहरूको अभिनय हेर्न पाउनेछन् ।

देशभक्त खनाल, विद्या कार्की, लक्ष्मण विक्रम बस्नेत, डि.आर. सुजन, प्रिया पोखरेल, नीना बुढाथोकी, सूर्य वली, अर्जुन कार्की लगायतका कलाकारहरूको अभिनय यसमा नियमित भागमा रहनेछ । 

‘आइरहेका भन्दा हाम्रो सिरियल विल्कुलै फरक भएकाले दर्शकहरुले एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ’ लेखक एवं निर्देशक सुजनले ‘सेतो घर’लाई आएको प्रारम्भिक प्रतिक्रियाबारे भने, ‘सबैले हौसला दिनुभएको छ । आउँदा दिनमा अझ मेहनतका साथ सिरियललाई अझ परिष्कृत गर्दै लैजानेछौँ ।’

डि.आर. सुजन फिल्मसको अफिसियल युट्युब च्यानलमा हरेक साता सिरियलको नयाँ भाग हेर्न सकिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्