२३ असार २०८३, मंगलबार

‘भ्वाइस किड्स’मा रिजनको प्रस्तुतिलाई वाहवाही

फागुन २७, २०७९
‘भ्वाइस किड्स’मा रिजनको प्रस्तुतिलाई वाहवाही

बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’को दोस्रो सिजन शुक्रवारदेखि प्रसारणमा आएको छ ।

शो को सुरुवाती केही एपिसोड ब्लाइन्ड अडिसनको हुनेछ । 

शुक्रवार प्रसारण पहिलो एपिसोडमा डिजिटल अडिसनबाट छानिएकामध्ये ६ जना प्रतियोगी बालबालिकाले कोचको सामना गरे ।

जसमध्ये पहिलो एपिसोडमा अन्तिम प्रतिस्पर्धीका रुपमा प्रस्तुति दिएका रिजन डाँगीको गाएकीको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । 

सुनसरी इटहरीका १२ वर्षीय डाँगीले प्रमोद खरेलले गाएको गीत ‘भाग्यमा खोट छ...’ गाएका छन् ।

उनले आफ्नो दमदार प्रस्तुतिमार्फत चारैजना कोचको कुर्सी घुमाउन सफल भए ।

अडियन्सबाट ‘वान्स मोर’ आएपछि उनले पुनः उक्त गीत गाएका थिए । 

चारैजना कोचले उनको मुक्तकण्ठले प्रशंसा गरे । कोच प्रमोद खरेलले आफूलाई गीतको एक लाइन रिजनसँगै गाउन मन लागेको बताए ।

प्रतियोगी रिजनले प्रमोदसँगै ‘भाग्यमा खोट छ...’ गीत गाए । यतिञ्जेल र यसपछि पनि उनलाई आफ्नो टिममा ल्याउन कोचहरुले प्रयास गरिरहे । उनले भने गीत गाएरै आफूले कोच छान्ने बताउँदै ‘म बाँचेकै तिमीसँग माया लाउन हो...’ गाए । रिजनले कोच प्रमोद छाने ।

‘भ्वाइस किड्स नेपाल’को पहिलो एपिसाड युट्युबमा सार्वजनिक भएसँगै उनले त्यहाँ दिएको प्रस्तुतिको भिडियो क्लिपहरु टिकटक लगायतका सामाजिक सञ्जालमा छाइरहेको छ । 

स्रोता दर्शकहरुले उनको स्वरको खुलेर प्रशंसा गरिरहेका छन् । ‘द भ्वाइस किड्स नेपाल’को दोस्रो सिजनमा गायकद्धय प्रमोद खरेल र सुशान्त केसी, गायिकाद्धय मिलन नेवार र प्रविशा अधिकारी कोचका रुपमा छन् ।

हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेबाट यो शो प्रसारण हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्