०४ साउन २०८३, सोमबार

अस्कर जित्ने 'नाटु नाटु' गीतको के हो अर्थ ?

फागुन २९, २०७९
अस्कर जित्ने 'नाटु नाटु' गीतको के हो अर्थ ?

दक्षिण भारतीय फिल्म आरआरआरको नाटु नाटु गीतले प्रतिष्ठित अस्कर पुरस्कार जितेको छ । 

नाटु नाटुले पुरस्कार जितेपछि मानिसहरू यसको अर्थ खोज्न थालेका छन् । 

यस गीतलाई हिन्दीमा डब गर्दा नाचो नाचो भनिएको छ । तेलुगु भाषामा नाटुको अर्थ हुन्छ– नाच्नु । 

कन्नड भाषामा यसलाई हल्ली नातु, तमिलमा नटुटू कूथु र मलयालममा करिन्थोल भनिन्छ । 

नाटु नाटु गीतमा एमएम कीरवानीले संगीत दिएका छन् । यसका गीतकार चन्द्रबोस हुन् । उनका जेठा छोरा काल भैरवले राहुल सिप्लिगुंजसँग मिल्र यो गीत गाएका हुन् । 

यसका नृत्य निर्देशक प्रेम रक्षित हुन् । 

गीतको शूटिङ युक्रेनको राजधानी किएभमा भएको हो । 

यस गीतको नृत्यलाई कोरियाग्राफ गर्न आफूलाई दुई महिना लागेको प्रेम रक्षितले बताएका छन् । उनले अभिनेताद्वय राम चरण र जुनियर एनटीआरका लागि ११० वटा मुभ तयार गरेका थिए । 

करीब ४३ रिटेकका साथ २० दिनभित्र यस गीतलाई छायांकन गरिएको थियो । त्यो मेहनत अस्कर पाएपछि सार्थक भएको छ । 

आरआरआर फिल्म २४ मार्च २०२२ मा सार्वजनिक भएको थियो । त्यसमा राम चरण र जुनियर एनटीआरबाहेक अजय देवगण, आलिया भट्ट र श्रिया सरनको भूमिका छ । 

फिल्मले १२ सय करोड भारु कमाएको छ । यसले गोल्डन ग्लोब अवार्ड पनि जितेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्