०४ असार २०८३, बिहीबार

देवेन्द्र बब्लुको ‘म त पर्खेको पर्खै छु’लाई युट्युबमा १ करोड पटक हेरियो

फागुन २९, २०७९
देवेन्द्र बब्लुको ‘म त पर्खेको पर्खै छु’लाई युट्युबमा १ करोड पटक हेरियो

गायक देवेन्द्र बब्लुको गीत ‘म त पर्खेको पर्खै छु’ले युट्युबमा १ करोड प्लस भ्युज पाएको छ ।

उनकै शब्द, संगीत, स्वर र अभिनय रहेको यो गीत गतवर्ष सार्वजनिक भएको थियो । 

सार्वजनिक भएसँगै टिकटकमा निकै छाएको र युट्युबमा राम्रो भ्युज पाउँदै गएको गीत एक वर्षमा करोड क्लबमा प्रवेश गरेको हो । 

देवेन्द्र जोडिएका अन्य केही​ गीतहरू करोड क्लबमा पुगेपनि उनको युट्युब च्यानलमा सार्वजनिकमध्ये करोड क्लबमा प्रवेश गर्ने यो पहिलो गीत हो । 

मानिसले विछोडको पीडामा गर्ने अनुभूतिलाई उनले यस गीतमा पेस गरेका छन् । उनले गीतलाई ‘छोडेर जानेहरूको यादमा पर्खनेहरूको एउटा पिडा’ भनेका छन् ।

विशाल घिमिरेको निर्देशन रहेको यो गीतको भिडियोमा देवेन्द्रसँगै रोशनी कार्की र दीप सागरको समेत अभिनय छ ।

अनिल के मानन्धरको छायांकन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

आफ्नो गीतले पहिलोपटक करोड भ्युज पाएकोमा गायक देवेन्द्रले फेसबुकमार्फत खुशी समेत साटेका छन् । 

‘म जोडिएर काम गरेका केही गीतहरू, आँखै अगाडि साथीहरूका थुप्रै सृजनाहरू करोडौं क्लबमा पुगेका छन्’ देवेन्द्रले लेखेका छन् ‘अहिले गीत करोड पुग्नु सामान्य जस्तै भइसकेको छ । तर, मेरो करोड पुगेको यो पहिलो गीत हो र मेरो लागि यो कुरा असामान्य हो ।’ 

सांगीतिक क्षेत्रमा फरक स्वाद फस्किरहेका देवेन्द्रका ‘म हाँसे हाँस्छौ र ?’, ‘भेटै हुन्न कि ?’, ‘मनमाया’ जस्ता थुप्रै गीतहरू रुचाइएका छन् ।

केही दिनअघि मात्रै पनि उनले ‘झलमल अलमल’बोलको गीत ल्याएका छन् । कार्यक्रमको कुरा गर्दा देवेन्द्र लगत्तै अस्ट्रेलिया जाँदै छन् । त्यहाँ​ उनले मार्च १८ मा सांगीतिक प्रस्तुति दिनेछन् ।

नेपालका सांगीतिक कार्यक्रममा समेत उनको व्यस्तता बढ्दो छ ।

salt training

कमेन्ट गर्नुहोस्