×

NMB BANK
NIC ASIA

सरकारी शिक्षाको नाजुक अवस्था

सामुदायिक विद्यालयमा बेथिति: कक्षा कोठाभन्दा हाजिरी पुस्तिकामा दोब्बर विद्यार्थी !

चैत १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले सामुदायिक विद्यालयमा लगानी बढाइरहेको भए पनि पढाइ गुणस्तर बढ्न नसक्दा विद्यार्थीको संख्या घटिरहेको छ । यसका उदाहरण हुन्, मोरङको विराटनगर महानगरपालिका–१२ मा २ विद्यालय ।

Sagarmatha Cement
Muktinath Bank

विद्यालयको कक्षामा उपस्थित हुने विद्यार्थीभन्दा हाजिरी पुस्तिकामा दोब्बर विद्यार्थी हुने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनता बाल कल्याण आधारभूत विद्यालय र बखरी आधारभूत विद्यालयमा हाजिरीमा देखाइएकोभन्दा आधा मात्रै विद्यार्थी विद्यालय आउने गरेका छन् । ५ कक्षासम्म पढाइ हुने जनतामा १०० भन्दा बढी विद्यार्थी हाजिरी पुस्तिकामा छन् भने त्यहाँ दैनिक ४०–५० जना विद्यार्थी मात्रै पढ्न आउने गरेका छन् । ८ कक्षासम्म पढाइ हुने बखरीमा २०० भन्दा बढी विद्यार्थी नयाँ शैक्षिक सत्रमा भर्ना भएका छन् तर त्यो विद्यालयमा १०० विद्यार्थी पनि पढ्न आउँदैनन् ।


Advertisment
Nabil box
Kumari

ऋषिदेव समुदायका मात्रै विद्यार्थी पढ्ने विद्यालय भन्दै अन्य जातले विद्यार्थी नपठाउने गरेको जनता बाल कल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक ईमा ओझाले बताइन् । ‘ऋषिदेव के स्कूलमे हाम्रा बेटाबेटी लोग नही पढिङ्गे, यहाँ ऋषिदेव के स्कूल छे, हाम्रा सबका जेते हो’ भनेर मधेशी समुदायकै अन्य जातले विद्यार्थी नपढाउने गरेको प्रधानाध्यापक ओझाले बताइन् । दलित जातका विद्यार्थी मात्रै पढ्ने स्कूल भन्ने सोचिरहेकाले पनि विद्यार्थी बढाउन नसकिएको उनले बताइन् ।

Vianet communication
Laxmi Bank

‘हामी ठूलो जात भएर ऋषिदेव समुदायका बच्चा पढाउने विद्यालयमा किन पढाउने भनेर भन्छन्,’ प्रअ ईमाले भनिन्, ‘घरघरमा गएर सम्झाउँदा पनि हामीले सकेनौं ।’ 

बखरी आधारभूत विद्यालयमा पनि विद्यार्थी संख्या न्यून छ । यहाँ पनि हाजिरी पुस्तिकामा धेरै विद्यार्थी देखिन्छन् । गरीबीका कारणले पनि विद्यार्थी कम आउने गरेका प्रधानाध्यापक गोविन्द गजुरेलले बताए । विद्यालयमा ८ कक्षामा १४ जना विद्यार्थी रहे पनि कहिलेकाहीँ १ जना मात्रै हाजिर हुने गरेका छन् ।

भौतिक रूपमा विद्यार्थीको कमी हुने तर हाजिरीमा बढी हुनाले शिक्षक दरबन्दी तथा विद्यार्थीको नाममा आएका सेवासुविधामाथि आँखा लगाउने नियत हुने बृहत् राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले बताए । ६ कक्षासम्म पढ्ने विद्यार्थीलाई दैनिक १५ रुपैयाँका दरले खाजा खर्च भनेर दिने गरिएको छ, विद्यालयमा त्यहीँ पैसाले खाजा खुवाउने गरेका छन् ।  

‘विद्यालयहरूले बिहान उपस्थिति गराउँदा नै हाजिरीमा उपस्थित देखाइदिनेसम्म गरेको भेटेका छौं,’ घिमिरेले भने, ‘घरपायक ठाउँमा जागिर खानका लागि पनि दरबन्दी कायम हुने भयो ।’

null

विद्यालय प्रशासनले ठेकेदार शैली अपनाउँदा विराटनगरका अधिकांश सामुदायिक विद्यालयको पठनपाठनमा सुधार हुन सकेको छैन । विद्यालय भवन बनाउन भन्दै बजेट माग्न मात्रै धेरै प्रधानाध्यापक महानगरपालिका कार्यालयमा धाउने गरेका छन् । गुणस्तरीय शैक्षिक सुधारभन्दा पनि प्रधानाध्यापकहरू विद्यालय भवनको ठेक्का तथा उपभोक्ता समितिबाट निर्माण गर्नुपर्छ भन्दै आउने गरेका एक कर्मचारीले बताए । 

विद्यालयभित्र भएको राजनीतिले विराटनगरका विद्यालयको सुधार गर्न गाह्रो भएको विराटनगर महानगरपालिकाको भनाइ छ । बालबालिकाको भविष्य जोड्ने ठाउँमा भएको राजनीतिले गर्दा सुधार गर्न खोज्दा पनि गाह्रो भइरहेको उपमेयर शिल्पाले बताइन् ।

‘अभिभावकलाई पनि सचेत गर्न सकेनौं कि जस्तो लागिरहेको छ,’ उपमेयर शिल्पाले भनिन्, ‘शिक्षकहरूले पनि मेरो जिम्मेवारी हो भनेर बुझ्नुभएको छैन ।’ नेपाल सरकारको तलब खाएको छु भनेर शिक्षकले नसोच्दासम्म सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न नसकिने उनको तर्क छ । सामुदायिक विद्यालयप्रति वितृष्णा हुनुमा महानगरकै कमजोरी छ कि भनेर खोज्न थालेको समेत उनले बताइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x