
हास्य अभिनेता जितु नेपाल (मुन्द्रे)ले ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन आजबाट प्रसारणमा ल्याउँदैछन् ।
आजबाट हरेक बिहीवार राती ९ बजे कान्तिपुर टेलिभिजनमा यो शो प्रशारणमा आउनेछ । युट्युबमा भने ओएसआर डिजिटलमार्फत शो सार्वजनिक हुनेछ ।
पहिलो भागमा अभिनेता प्रदीप खड्का अतिथि बनेका छन् । नयाँ गठबन्धनसहित ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारणमा आउन लागेको जितुले जानकारी दिएका छन् ।
उनले फेसबुकमा एक तस्वीर राख्दै सल्लाह, सुझाव दिन पनि सबैलाई आग्रह गरेका छन् ।
यस सिजनमा अध्यक्षमा अभिनेत्री प्रियंका कार्की छिन् भने निर्देशकमा दिनेश डीसी छन् । यसअघि पहिलो सिजनमा दीपाश्री निरौला र दोस्रो सिजनमा करिश्मा मानन्धर अध्यक्ष थिए ।
यसपटक कलाकारहरू समेत परिवर्तन भएका छन् । दमन रुपाखेती, राजेन्द्र नेपाली, प्रभात लामालगायतका कलाकारहरूलाई दर्शकहरुले यसपटकको सिजनमा हेर्न पाउनेछन् ।