
नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टा सम्बन्धी मुद्दामा सबै प्रतिवादीले सफाइ पाएका छन् ।
विशेष अदालत काठमाडौंले उक्त ठेक्कापट्टामा कुनै भ्रष्टाचार नभएको ठहर गर्दै सबै प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको बिहीबारको इजलासले टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगिता पहाडीलगायत सबै प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो ।
यो मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पौडेल र पहाडीसहित टेलिकमका कर्मचारीहरू प्रतिभा वैद्य, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, विनिता श्रेष्ठ, अमूल प्रधान, देवेन्द्र खतिवडा, राजीवकुमार केसी, सन्तोषकुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा कर्ण र परमात्मा भट्टराईविरुद्ध समान ३३ करोड ४८ लाख रूपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उनीहरूबाहेक टेलिकमसँग बिलिङ मर्मतसम्भार ठेक्काको सम्झौतामा संलग्न एसिया इन्फो कम्पनीका साथै त्यसका वरिष्ठ निर्देशक लङ योङ्ग, एसिया इन्फोको काठमाडौं कार्यालयका तत्कालीन प्रोजेक्ट म्यानेजर ह्यवाङ वेइ (एल्लो), स्थानीय एजेन्ट अरनिको इन्टरनेसनलका निर्देशक शैलेश श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो ।
यी सबैले सफाइ पाएका छन् । यो मुद्दामा विशेष अदालतमा असार १७ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको थियो । बिहीबार सुनुवाइ सकिएपछि विशेषले सबै प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएको हो ।
फैसलाको संक्षिप्त पाठ :