१९ असार २०८३, शुक्रबार

‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त [तस्वीरहरू]

‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त [तस्वीरहरू]

व्यावसायिक तथा समीक्षात्मक दुवै रुपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा निर्माण हुन लागेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त गरिएको छ । 

आगामी दशैंको फूलपातीमा प्रदर्शनमा आउने घोषणा भइसकेको चलचित्रको शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै शुभमुहूर्त गरिएको हो ।

मुहूर्त समारोहमा यसका लेखक, निर्देशकदेखि कलाकारसम्म उपस्थित थिए ।

दीपेन्द्र के. खनालको निर्देशन रहने चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल लगायतको अभिनय रहनेछ । 

खगेन्द्र लामिछाने यो चलचित्रमा लेखक एवं निर्माताका रुपमा छन् ।

टुकी आर्टस् प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रको छायाँकन केही दिनपछि सुरु हुँदैछ । 

निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन रहने चलचित्रमा कृष्ण भारद्वाज र सुभाष भुषालको संगीत रहनेछ । तर्क संगत र अर्थपूर्ण तरिकाले ‘पशुपति प्रसाद’को सिक्वेल निर्माण गर्न लागिएको निर्माता एवं निर्देशकले बताएका छन् ।

तस्वीरहरू : गोपीकृष्ण चापागाईँ

nullnull

salt training

कमेन्ट गर्नुहोस्