
कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आईएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता पत्रमा आईएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार, अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा एभरेष्ट बैंकको कुनै पनि शाखाबाट ग्राहकले सो अफरअन्तर्गत सुविधा प्राप्त गर्न सकिनेछ।
ग्राहकको चाहनाअनुसार अशोक लेल्यान्डका सवारी साधन किन्न बैंकले अधिकतम ७ वर्ष सम्म करिब १४ प्रतिशत सम्मको ब्याजदरमा गाडी कर्जा उपलब्ध गराउने छ । कर्जा प्राप्त गर्न सहज र सरल प्रक्रिया अपनाइने छ ।
नेपाल राष्ट्र बैंकको नीति निर्देशनअन्तर्गत रहेर सो कर्जा उपलब्ध हुनेछ ।
नेपालको कमर्सियल सवारी साधन बजारमा अशोक लेल्यान्डको बलियो उपस्थिति छ ।
देशभर शोरुम तथा सर्भिसिङ सहितका टच प्वाइन्ट विस्तार कार्यलाई कम्पनीले निरन्तरता दिइरहेको छ ।
विगत दुई वर्षयता कम्पनीले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ र बजार हिस्सा समेत वृद्धि गर्दै गएको छ ।
हाल अशोक लेल्यान्ड, नेपालको दोस्रो ठूलो कमर्सियल भेइकल ब्रान्ड बनेको छ । हालै कम्पनीले प्रसिद्ध लाइट कमर्सियल भेइकल ‘दोस्त’ का लागि ५ वर्षे वारेन्टी घोषणा गरेको छ, जसले ग्राहकलाई सहज रुपमा स्वामित्वको अनुभूति प्रदान गर्ने विश्वास गरिएको छ ।