१७ असार २०८३, बुधबार

‘प्रसाद २’को गीत : विपिन र केकीसँगै ‘कार्टुन्ज क्रू’का सरोज र आश्माको छमछमी [तस्वीरहरू ]

‘प्रसाद २’को गीत : विपिन र केकीसँगै ‘कार्टुन्ज क्रू’का सरोज र आश्माको छमछमी [तस्वीरहरू ]

चैत्र २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद २’ विविध कारणले चर्चामा छ । विशेषगरि, यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको कथावस्तु र प्रस्तुतिलाई लिएर दर्शकमा प्रतीक्षा बढेको हो । 

सञ्चारकर्मी सुशील पौडेलको कथामा तयार भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, राजनराज शिवाकोटीको संगीत छ ।

यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

सुदर्शन नेपाली फिल्म क्षेत्रमा लभ स्टोरी धारका फिल्म बनाउन माहिर निर्देशक मानिन्छन् । तर, उनले सामाजिक कथावस्तुमा उत्कृष्ट फिल्म बनाएको दाबी गरेका छन् । लेखक सुशील पौडेल पनि ‘प्रसाद २’ ‘प्रसाद’ भन्दा अझै उत्कृष्ट बनेको दाबी गर्छन् । 

यसैबीच निर्माण पक्षले ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी र आश्मा विश्वकर्मालाई लिएर फिल्मको एक गीत तयार पारेको छ । 

‘मार्सी धान’ बोलको उक्त गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै संगीत र शब्द छ ।

यो गीतमा म्युजिक भिडियोमा फिल्मका अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीसँगै हिट जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य छ ।

केकी, विपिन, सरोज र आश्मा गीतको भिडियोमा छमछमी नाचेका छन् ।​ 

उनीहरूको सरप्राइज उपस्थितिले दर्शकमा गीतप्रति झनै उत्साह बढ्ने विश्वास निर्माण टिमको छ । यो गीत आज (मंगलवार) बेलुका सार्वजनिक हुँदैछ । 

फिल्ममा कलाकार अर्पण थापाको भूमिकाले पनि दर्शकमाझ चर्चा पाइसकेको छ । 

सुभाष थापाको प्रस्तुतिमा तयार भएको ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेत हुन् । एजी फिल्मसँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै यो फिल्म निर्माण गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्