×

Dabur
MG

चाइल्ड भर्सनका लागि पहिलो रोजाइमा सुप्रिम

चैत ८, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नेपाली साङ्गीतिक क्षेत्रमा केही बाल गायक–गायिकाहरुको चर्चा पनि कम छैन ।

yONNEX
Sagarmatha Cement

सानो उमेरमै आफ्नो गायकीको कारण लोभलाग्दो चर्चा कमाउनेहरू थुप्रै छन् ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

सुप्रिम मल्ल ठकुरी त्यसैमध्येका एक बाल गायक हुन्, जसले सानो उमेरमै साङ्गीतिक क्षेत्रमा लोभलाग्दो ख्याति कमाएका छन् । 


Advertisment
Kumari
Saurya island
Pardeshi

आगामी वैशाखमा ११ वर्ष पुग्दै गरेका ५ कक्षामा अध्ययनरत उनले दर्जनौं गीतमा आफ्नो सुमधुर स्वर दिइसकेका छन् । 

Vianet communication
Laxmi Bank

स्टेज कार्यक्रम र लाइभ दोहोरीमा समेत उनी निकै खोजिने बाल गायकमा पर्ने गरेका छन् । 

‘बिजुली’, ‘बिछोडको करौंतीले’, ‘ताराबाजी लै छोरा’ जस्ता केही गीतहरू गाएपछि सुप्रिम ‘द भ्वाइस किड्स नेपाल’को पहिलो सिजनमा सहभागी भएका थिए । त्यसपछि भने उनको स्वरको चर्चा हवात्तै बढेको हो ।

उनी ‘भ्वाइस किड्स’को फाइनलसम्म पुग्न सफल भए पनि विजेता भने बन्न सकेनन् । यद्यपि, उनलाई लिएर गीत रेकर्ड गराउनेहरूको संख्या बढ्दै गयो ।  

‘मेरो बाबा सुपरम्यान’, ‘देउरालीलाई भेटी’, ‘सम्झिराख है साथी’, ‘फोटो सिरानी’, ‘फोटो फिरिममा’, ‘रेलको बाटो’, ‘ओए काजल’, ‘फापरको पिठो’, ‘धोकेबाज हौ तिमी’ लगायतका थुप्रै गीतमा उनले स्वर दिएका छन् ।

यी मध्ये ‘फोटो फिरिममा’, ‘रेलको बाटो’, ‘ओए काजल’, ‘फापरको पिठो’, ‘धोकेबाज हौ तिमी’ सुप्रिमको स्वरमा चाइल्ड भर्सनमा सार्वजनिक भएका हुन् । 

चलचित्र ‘प्रेम गीत ३’को शीर्ष गीत ‘हर यूग होस्’ समेत सुप्रिमको स्वरको चाइल्ड भर्सनमा सार्वजनिक भएको छ ।

सुप्रिम बाजुरामा जन्मिएका हुन् । उनले बाबाआमाका साथ काठमाडौंमा बसेर अध्ययनसँगै संगीतलाई अगाडि बढाएका छन् ।

यतिबेला भने सुप्रिमले पढाइलाई ध्यान दिँदै केही समयलाई स्टेज कार्यक्रममा सहभागी नहुने बताएका छन् ।

आफ्नो आउँदै गरेको परीक्षालाई ध्यान दिँदै उनले चैत भरी स्टेज कार्यक्रममा सहभागिता नजनाउने बताएका हुन् ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ५, २०८०

वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) नेपाली चलचित्रहरू डिशहोममा एक्सक्लुसिभ प्रदर्शन भइरहेका छन् । विभिन्न कारणवश हलसम्म गएर चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिशहोममार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्ननेछन्...

असोज ५, २०८०

दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘दुई नम्बरी’ युट्युबबाट सार्वजनिक गरिएको छ ।  गतवर्ष असोजमा प्रदर्शनमा आएको चलचित्र शुक्रवार दिउँसो बुढासुब्बा डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको हो...

असोज १०, २०८०

दशैँको छेको पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउने नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘परदेशी छुकछुके रेलैम...

असोज १०, २०८०

दयाहाङ राई र मिरुना मगर स्टारर चलचित्र ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । भदौको २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र हेर्नका लागि दोस्रो सातामा पनि हलमा दर्शकको चाप छ ।  य...

असोज ९, २०८०

यही असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘वानर सेना’को विशेष शो आयोजना गरिएको छ । विभिन्न क्षेत्रका अतिथि र पत्रकारको उपस्थितिकाबीच झापाको पाथीभरा सिने प्लाजामा चलचित्रको विशेष ...

असोज ११, २०८०

नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य बनाउने अभिनेता भोलाराज सापकोटाले बताएका छन् ।  उनले चलचित्र ‘कौसीद’को भूम...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x