जेठ १४, २०८०
जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुक...
भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्छन् । साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घरघर जाँदै गर्दा उनी अस्पताल वरपर नै भेटिन्छन् । उनको एउटै चिन्ता छ – अस्पताललाई कसरी समयसापेक्ष सुधार गर्दै बिरामीलाई सहज सेवा दिन सकिन्छ भन्ने । विगत ३९ वर्षदेखिको यो दिनचर्या अहिले पनि निरन्तर चलिरहेको छ ।
आफ्नो ७७ वर्षको बुढ्यौलीमा समेत युवा जोशजाँगरका साथ आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उनको परिचय हो, भरतपुर महानगरपालिका–१० निवासी चिजकुमार मास्के । उनलाई ‘आँखा बा’का रूपमा यहाँ चिन्ने गरिन्छ ।
नेपालमा आँखा उपचारको शुभारम्भ गर्ने रामप्रसाद पोखरेललाई देशले ‘आँखा बा’ भन्दै गर्दा मोफसलमा मास्केले ‘आँखा बा’को उपमा पाएका छन् ।
विक्रम संवत् २०४२ सालमा भरतपुरमा आँखा अस्पताल खोल्न उत्प्रेरित गर्नेमध्येका एक मास्के हुन्छन् । तत्कालीन समयमा २० समाजसेवी मिलेर नेपाल नेत्रज्योति संघमार्फत विक्रम संवत् २०४४ सालमा महेन्द्र स्मारक आँखा अस्पताल सञ्चालनमा आएको हो । शुरूआतका दिनमा तिनै समाजसेवीले मासिक १ हजार र पछि एकमुष्ट ५ हजार संकलन गरेर सञ्चालनमा ल्याइएको यो अस्पतालले क्रमशः विकासको गति लिन सफल भयो ।
लामो समयसम्म थोरै बिरामीले सेवा पाएको अस्पतालमा विक्रम संवत् २०६० सालपछि भने फड्को मार्न सफल भयो । त्यसका नेतृत्वकर्ता मास्के नै हुन्छन् ।
शुरूआतीदेखि नै समूहमा उनी रहे पनि जुन समयदेखि उनले नेतृत्व सम्हाले, अस्पतालले ठूलो सफलता हात पार्यो । विक्रम संवत् २०६० सालमा सेवा फाउन्डेसनले व्यवस्थापनमा सहकार्य गरेसँगै अस्पताल क्रमशः सुधारको बाटोमा अघि बढेको हो ।
समाजसेवी मास्के भन्छन्, ‘विक्रम संवत् २०६७ सालबाट अस्पताल आफैं खर्च धान्ने अवस्थामा पुग्यो ।’ यतिबेला वार्षिक ४० हजार हाराहारी बिरामी हुने गर्दथे । १ दशकभन्दा बढीको यो समयसम्म आइपुग्दा यो संख्या वार्षिक ३ लाख नाघेको छ ।
विक्रम संवत् २००३ सालमा गोरखाको पाटेचौरमा जन्मिएका मास्केले विक्रम संवत् २०४२ सालदेखि आफ्नो अधिकांश समय आँखा उपचारको क्षेत्रमा बिताएका छन् । नेपाल नेत्रज्योति संघको संस्थापक सदस्य मास्के संघको कोषाध्यक्ष, उपसभापति, २ पटक जिल्ला सभापति भएर आँखा उपचारमा सेवा पुर्याएका हुन् । सो संघको केन्द्रीय कोषाध्यक्ष भएर सेवा गरिसकेका मास्के हाल पनि संघको केन्द्रीय सदस्य छन् ।
ऋण खोजेर अस्पतालका चिकित्सक कर्मचारीलाई तलब खुवाउनुपर्ने बाध्यता रहेको अस्पतालको नेतृत्व सम्हालेसँगै अस्पतालले फड्को मार्यो । उनी सभापति भएपछिका दिनमा कहिल्यै आर्थिक अभावमा पछाडि फर्किनुपरेको छैन ।
उनले भने, ‘मैले नेतृत्व छाड्दाका दिनमा अस्पतालको खातामा ११ करोड हाराहारी रकम संकलन भएको थियो ।’ सभापति हुनुअघिसम्म दैनिक २०० हुने बिरामी आफूले छाड्दै गर्दा ६०० पुगेको उनी बताउँछन् । आफू सभापति हुनुअघि वर्षमा २०० आँखाको शल्यक्रिया हुने गरेकामा छाड्दै गर्दा यो संख्या ८ हजार पुर्याउन सकेकामा उनलाई गर्व छ ।
उनको निरन्तरको साथका कारण अहिले बिरामीको संख्या बढ्दै गएको छ ।
अस्पतालका २ उपचार केन्द्र हुँदै गर्दा सभापति भएका मास्केले २ कार्यकाल पूरा गरेर बिदा भए । अहिले उपचार केन्द्रको यो संख्या १४ पुगेको छ । ३ वटा थप गर्ने तयारीमा छ । उनले स्मरण गरे, ‘म सभापति हुँदै गर्दा २ विशेषज्ञ चिकित्सकसहित २५ कर्मचारी थिए, अहिले यो संख्या विशेषज्ञ र अन्य चिकित्सक २३ सहित १५० स्वास्थयकर्मी, कर्मचारी पुगेको छ ।’
अस्पतालमा एमडी अध्ययन गर्ने मात्रै ९ चिकित्सक छन् भने ३ जनाले ‘फेलोसिप’ गरिरहेका छन् । नेत्र सहायक र स्नातक समेत अध्ययन–अध्यापन हुँदै आएको छ । अस्पतालमा बिरामी बढेपछि फेलोसिप र स्नातक गर्न विद्यार्थी आउने गरेका हुन् ।
जिल्लाको सामाजिक व्यक्तित्व भएकाले धेरैले उनलाई सम्मान गर्थे । दाता जुटाएर अस्पताल बलियो बनाउने काममा उनको महत्त्वपूर्ण योगदान छ । उनकै पालामा भरतपुर उकालोमा चिजकुमार–विष्णुकुमारी श्रेष्ठ बहिरङ्ग विभाग सञ्चालनमा आएको हो । आफूले पहिलोपटक सभापति भइसकेपछि अरु साथीहरूलाई पालो दिन्छु भन्दा दाताले थप सहयोग गर्छु भनेर एक कार्यकाल थप गरेको उनी बताउँछन् ।
जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुक...
काठमाडौं महानगरले ३२ वटै वडाका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौं महानगरपालिका र छेत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौताअनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागर...
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ । बीपी राजमार्गको छेउमा रहेको जिल्लाको ग्रामीण भेगका...
सरकारले काठमाडौंको गोठाटारमा वृद्धाश्रमसँगै १४५ शय्या क्षमताको ज्येष्ठ नागरिक अस्पताल बनाउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ज्येष्ठ नागरिका लागि नयाँ अ...
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले मन्त्रिस्तरीय निर्णय गर्दै ८ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् । मन्त्री बस्नेतका ...
सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र ३ हजार ५०० रुपैयाँ लिएर पुग्दा स्थानीय महिला खुशी भएका हुन् । सु...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...