१० साउन २०८३, आइतबार

माधवकुमार नेपाल र झलनाथ खनालले हेरे ‘छक्कापञ्जा ४’

माधवकुमार नेपाल र झलनाथ खनालले हेरे ‘छक्कापञ्जा ४’
तस्वीर : केदार घिमिरेको फेसबुकबाट

राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले चलचित्र ‘छक्कापञ्जा ४’ हेरेका छन् ।

आइतवार कीर्तिपुरस्थित ‘कीर्तिपुर सिनेप्लेक्स’ पुगेर उनीहरूले राजनीतिक विषयवस्तुमा निर्माण भएको चलचित्र हेरेका हुन् ।

दिउँसो साढे १२ बजेको शोमा नेताहरूले आफै नै टिकट किनेर चलचित्र हेरेका थिए । नेताहरूको शोमा सहभागी हुन् चलचित्रका कार्यकारी निर्माता तथा अभिनेता निर्मल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री बेनिशा हमाल पनि कीर्तिपुर पुगेका थिए ।

चलचित्र हेरिसकेपछि नेता नेपाल र खनालले ‘छक्कापञ्जा ४’ मन परेको प्रतिक्रिया दिएका थिए । 

शनिबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि यो चलचित्र हेरेर राम्रो लागेको सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।

त्यसअघि एमाले नेता योगेश भट्टराईले पनि चलचित्र आफूलाई मन परेको बताएका थिए । हेमराज बीसी निर्देशित चलचित्र ‘छक्का पञ्जा ४’ चौथो सातामा प्रदर्शन भइरहेको छ ।

यो चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, राज आचार्य, बुद्धि तामाङ लगायतको शीर्ष भूमिका छ । 

salt training

कमेन्ट गर्नुहोस्