जेठ १७, २०८०
गायिका समीक्षा अधिकारीको व्यस्तता सांगीतिक क्षेत्रमा पुनः चुलिएको छ । उनले एकैदिन चार वटासम्म गीतमा स्वर दिन थालेकी छिन् । उनका गीतले युट्युब ट्रेन्डिङमा स्थान जमाउन थालेका छन् । यतिबेला समीक्षाले स्वर दिएका तीनव...
चैत १२, २०७९
राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले चलचित्र ‘छक्कापञ्जा ४’ हेरेका छन् ।
आइतवार कीर्तिपुरस्थित ‘कीर्तिपुर सिनेप्लेक्स’ पुगेर उनीहरूले राजनीतिक विषयवस्तुमा निर्माण भएको चलचित्र हेरेका हुन् ।
दिउँसो साढे १२ बजेको शोमा नेताहरूले आफै नै टिकट किनेर चलचित्र हेरेका थिए । नेताहरूको शोमा सहभागी हुन् चलचित्रका कार्यकारी निर्माता तथा अभिनेता निर्मल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री बेनिशा हमाल पनि कीर्तिपुर पुगेका थिए ।
चलचित्र हेरिसकेपछि नेता नेपाल र खनालले ‘छक्कापञ्जा ४’ मन परेको प्रतिक्रिया दिएका थिए ।
शनिबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि यो चलचित्र हेरेर राम्रो लागेको सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।
त्यसअघि एमाले नेता योगेश भट्टराईले पनि चलचित्र आफूलाई मन परेको बताएका थिए । हेमराज बीसी निर्देशित चलचित्र ‘छक्का पञ्जा ४’ चौथो सातामा प्रदर्शन भइरहेको छ ।
यो चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, राज आचार्य, बुद्धि तामाङ लगायतको शीर्ष भूमिका छ ।
गायिका समीक्षा अधिकारीको व्यस्तता सांगीतिक क्षेत्रमा पुनः चुलिएको छ । उनले एकैदिन चार वटासम्म गीतमा स्वर दिन थालेकी छिन् । उनका गीतले युट्युब ट्रेन्डिङमा स्थान जमाउन थालेका छन् । यतिबेला समीक्षाले स्वर दिएका तीनव...
सुवर्ण थापाको लेखन एवं निर्देशन रहेको फिल्म ‘द सेक्रेट्स अफ राधा’ पुनः प्रदर्शन हुने भएको छ । गतवर्ष भदौ १० गते रिलिज भएको फिल्म यसवर्षको भदौं २९ गतेबाट पुनः प्रदर्शनमा आउने भएको हो । गतवर्ष शो बाँड...
‘मिस पवि’का नामले चिनिँदै आएका पवित्रा साकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार दिउँसो सार्वजनिक ‘थाहै भएन’ बोलको गीतको भिडियोमा उनी अभिनेता पल शाहसँग प्रस्त...
आगामी आर्थिक वर्षको बजेटमा चलचित्र क्षेत्रलाई उचित सम्बोधन नगरिएको भन्दै चलचित्रकर्मीले असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बजेटको छलफलमा समेत चलचित्र क्षेत्रला...
वसन्त निरौलाको निर्देशनमा नयाँ फिल्म ‘ज्वाइँ साब’ निर्माणको घोषणा गरिएको छ । निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मसको प्रस्तुतिमा निर्माण...
सामाजिक–कमेडी जनरामा निर्माण भएको फिल्म ‘वेलकम टु हेम्जाकोट’ यही जेठ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई तीव्र बनाएको छ । ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...