×

NMB BANK
NIC ASIA

काठमाडौँमा नेपाल लाइफका ४०० बढी अभिकर्ता प्रशिक्षित

चैत १५, २०७९

NTC
Premier Steels

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंको कालिमाटीमा आज एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ।

Muktinath Bank

अन्तराष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको यस कार्यक्रममा करिब ४०० जनाभन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव विनोद भुजेल, एजेन्सी सभिसिङ विभागका प्रमुख सुनिता पोखरेल, प्रदेश प्रमुखहरू सपुत चन्द्र खनाल, पुर्षोत्तम सापकोटालगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।


Advertisment
Nabil box
Kumari

कार्यक्रमको शुभारम्भ नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल र नेसनल सेल्स हेड उमापति पोखरेलले गरे। 

Vianet communication

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई माघ महिनाको स्कीमबाट छनोट भएर कार्यक्रममा आएका बीमा अभिकर्ताहरूलाई स्वागत तथा बधाई ज्ञापन गरे।

अभिकर्ताहरूको क्षमता विकास कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्त रूप प्रदान गर्न अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकलाई कार्यक्रम आयोजना गरिएको उनले बताए।

यस किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नवीनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरूलाई थप निखार्न महत्वपूर्ण भूमिका खेल्नेमा आफू विस्वस्त रहेको उनको भनाइ थियो। 

कार्यक्रममा उपस्थित अभिकर्तालाई धन्यवाद ज्ञापन गर्दै यस कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरूको सीप विकास तथा मनोबल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्ने बताए। 

कार्यक्रममा 'सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात' भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको 'नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना'सँग सम्बन्धित प्रस्तुतीकरण कम्पनीका नेसनल सेल्स हेड पोखरेलले गरे।

सावधिक योजना र पेन्सन योजना भएको यो बीमा योजना एकदमै आकर्षक हुनुका साथसाथै नेपाली माटो सुहाउँदो रहेको पोखरेलले बताए।

यो योजना न्यून लगानीले उच्च बचत तथा प्रतिफलको अपेक्षा गर्नेहरू र बुढेसकालमा पेन्सन चाहनेहरूका लागि अहिलेसम्मकै उत्कृष्ट बीमा योजना रहेकोले यसको प्रचुर फाइदा उठाउन आग्रह गरे। 

उक्त कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षण दिन भारतको मुम्बईबाट जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झा उपस्थित थिए। 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x