१६ असार २०८३, मंगलबार

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार खरेललाई

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार खरेललाई

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुस्कार गीतकार किरण खरेललाई अर्पण गरिने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृति एवं सम्मानमा यो पुरस्कार स्थापना भएको हो । 

पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित उक्त पुरस्कार पहिलोपटक खरेललाई प्रदान गर्न लागिएको हो । नेपाली गीत सङ्गीतका धरोहर, नेपाली राष्ट्रगानका सङ्गीतकार, अम्बर गुरुङ राष्ट्रिय सङ्गीत कोषको स्थापना गरिएको छ । यही कोषबाट नेपाली साङ्गीतिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्ति वा संस्थालाई पुरस्कार समर्पण गर्ने प्रावधानअनुसार परिवारले योजना बनाएको संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले बताए । 

अध्यक्ष पौडेलका अनुसार गुरुङ राष्ट्रिय पुरस्कारको राशि रु दुई लाख नगद र सम्मानपत्र हुनेछ । पुरस्कार प्रत्येक दुई वर्षमा समर्पण गरिनेछ । पुरस्कार वितरण समारोह आगामी वैशाख १६ गते पोखरामा गरिने भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्