
युवापुस्तामा लोकप्रिय अभिनेता अनमोल केसीले आज आफ्नो जन्मदिन मनाइरहेका छन् ।
बिहानैदेखि अनमोललाई थुप्रैले शुभकामना दिइरहेका छन् ।
अभिनेता भुवन केसीले छोरा अनमोल आफ्नो लागि ईश्वरले दिएको वरदान भएको बताएका छन् । जन्मदिनको शुभकामना दिँदै भुवनले अनमोल आफ्नो बिश्वास अनि गर्व भएको बताएका छन् ।
फेसबुकमा स्टाटस् लेख्दै भुवनले ‘संसार जित्ने साहस राख्नु छोरा’ भन्दै अनमोललाई जन्मदिनको शुभकामना दिएका छन् ।
नेपाली फिल्म क्षेत्रमा सालिन अभिनेता मानिने अनमोल ‘होस्टेल’ बाट डेब्यू गरेका थिए ।
त्यसयता केही फिल्म हिट दिएका उनको पछिल्लो फिल्म ‘छड्के २’ भने बक्स अफिसमा चिप्लिएको थियो ।
भुवनले लेखेका छन्
अनमोल छौ तिमी, बरदान हौ तिमी
भगवानले दिएको आशिर्बाद हौ तिमी
तिमी मेरो प्यार हौ, उमङ्ग हौ
मेरो विश्वास अनि गर्व हौ
तिमी सधै यसरी नै हाँसिरहनु
करोडौं मान्छे को मनमा माया गाँसिरहनु
जिन्दगीमा सबै सम्बन्ध टुटे पनि
समयले सबैको साथ छुटे पनि
जन्म जन्मान्तर म तिम्रो साथमा हुन्छु
सन्सार जित्ने साहस राख्नु छोरा
म तिम्रो हिम्मत अनि हौसलामा सङ्गै हुन्छु
जन्मदिनको लाखौं लाख शुभकामना छोरा