१६ असार २०८३, मंगलबार

‘बुलाकी’को ट्रेलर :  सन्तान नहुँदाको पीडा र जारी प्रथाको कथा

‘बुलाकी’को ट्रेलर :  सन्तान नहुँदाको पीडा र जारी प्रथाको कथा

सुरक्षा पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘बुलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ ।

निर्माण टिमले बिहीवार राजधानीमा एक कार्यक्रम गर्दै ३ मिनेट १० सेकेन्ड अवधिको ट्रेलर सार्वजनिक गरेको हो ।

कर्णालीको कथामा निर्माण भएको ‘बुलाकी’ नारी केन्द्रित फिल्म हो ।

लक्ष्मण सुनारको निर्देशनमा तयार फिल्ममा सुरक्षासँगै नरेन खड्का र विराज विष्ट मुख्य भूमिकामा छन् ।

कर्णालीको ग्रामीण जीवन, सन्तान नहुँदाको पीडा, जारी प्रथा इत्यादिलाई फिल्ममा प्रस्तुत गरिएको छ ।

स्व. मोती विष्ट प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता टोपेन्द्र विष्ट हुन् । फिल्ममा सरस्वती खत्री, प्रकाश कंडेल, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदीप अधिकारी लगायतको पनि अभिनय छ । 

राज बहादुर सानेको कथा, पटकथा एवं संवाद रहेको फिल्मलाई शिव ढकालले छायाँकन, अर्जुन जिसी र निर्देशक सुनारले संयुक्त सम्पादन गरेका हुन् । 

यो फिल्म नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

‘बुलाकी’सँगै ‘बिहे पास’, ‘जारी’ र ‘नाईं न भन्नू ल ६’ एकैदिनबाट प्रदर्शनमा आउने तयारीमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्