०७ असार २०८३, आइतबार

‘गलबन्दी’देखि ‘बदला बरिलै’सम्म : यी हुन् प्रकाशका करोड क्लबमा रहेका गीत

‘गलबन्दी’देखि ‘बदला बरिलै’सम्म : यी हुन् प्रकाशका करोड क्लबमा रहेका गीत
‘फुटेका चुरा’ गीतको भिडियोको दृश्यमा प्रकाश सपूत

गायक प्रकाश सपूतको गीत ‘बदला बरिलै’ हालसालै करोड क्लबमा प्रवेश गरेको छ । उनले दुई वर्षअघि सार्वजनिक गरेको यो गीत बलात्कारको विषयमा केन्द्रित छ । 

प्रकाशकै शब्द एवं संगीत रहेको गीतमा गायिका देवी घर्तीको स्वर छ । 

प्रकाशले आफ्नै कन्सेप्ट एवं निर्देशनको यसको भिडियो तयार पारेका थिए । भिडियोमा अभिनेत्री केकी अधिकारीको अभिनय छ । 

गीत सार्वजनिक भएसँगै निकै प्रशंसा गरिएको थियो । 

‘बदला बरिलै’सँगै प्रकाशका करोड क्लबमा पुग्ने गीतहरूको संख्या ९ छ । 

यद्यपि, यो संख्या उनको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमध्येको हो । उनले ‘पिर’ बोलको गीत भने करोड क्लवमा पुगेपछि हटाएर फेरि अपलोड गरेका थिए ।

 उनी जोडिएका करोड क्लबमा रहेका गीतहरू भने थुप्रै छन् । करोड भ्युज पाएका गीतहरू राम्रै हुन्छन् भन्ने छैन । तर, प्रकाशका गीतहरूले राम्रो भ्युज मात्र होइन्, स्रोता दर्शकबाट निकै राम्रो प्रशंसा समेत पाउँदै आएका छन् ।​ 

यी हुन उनको युट्युब च्यानलमा सार्वजनिक करोड क्लबमा पुगेका गीत
गलबन्दी : ५ करोड ४४ लाख
कुरा बुझ्न पर्च : ३ करोड ४१ लाख
दोहोरी ब्याटल २ : २ करोड ४९ लाख
बोल माया : २ करोड १९ लाख
दोहोरी ब्याटल : १ करोड ८६ लाख
फुटेका चुरा : १ करोड ५८ लाख
पञ्चेबाजा गीत : १ करोड २३ लाख
चरर...बरर...धरर...: १ करोड ३ लाख
मेरो पनि हैन र यो देश ?: १ करोड ३ लाख
बदला बरिलै : १ करोड 

कमेन्ट गर्नुहोस्