०७ असार २०८३, आइतबार

दोहोरीगीत प्रतिष्ठान : कलाकार कल्याणकारी अक्षयकोष समितिको अध्यक्षमा पुरुषोत्तम न्यौपाने

जाँदा जाँदै एक करोडको कोषलाई डेढ करोड पुर्याए रमेश बिजीले
दोहोरीगीत प्रतिष्ठान : कलाकार कल्याणकारी अक्षयकोष समितिको अध्यक्षमा पुरुषोत्तम न्यौपाने

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिको मातहत रहेको कलाकार कल्याणकारी अक्षयकोषमा डेढ करोड रुपैयाँ जम्मा भएको छ ।

अघिल्लो केन्द्रीय कार्यसमितिको कार्यकालमा एक करोड १३ लाख रुपैयाँ रहेकोमा रमेश बिजी अध्यक्षतामा रहेको निवर्तमान कार्यसमितिले ३७ लाख रुपैयाँ थपेर कोषमा डेढ करोड रुपैयाँ पुर्याएको हो । 

यसैबीच, कलाकार कल्याणकारी अक्षयकोष सञ्चालक समितिको अध्यक्षमा अग्रज लोकगायक पुरुषोत्तम न्यौपाने सर्वसम्मत चयन भएका छन् । उनी प्रतिष्ठानको पूर्व अध्यक्ष एवं संरक्षक हुन् । 

त्यस्तै, अक्षयकोष सञ्चालक समितिको उपाध्यक्षमा चन्द्रप्रसाद शर्मा, सचिवमा हरिप्रसाद न्यौपाने र कोषाध्यक्षमा पुरुषोत्तम थापा चयन भएका छन् । 

प्रतिष्ठानका अनुसार रमेश बिजी, बद्री पंगेनी, तेजबहादुर केसी, कृष्णसुधा ढुंगाना, इन्द्र जिसी, बद्री पराजुली, पार्वती जिसी, तारापति सुवेदी, शर्मिला गुरुङ, शिला आले, नवीन पौडेल, मीना बज्राचार्य र प्रेमप्रकाश मल्ल अध्यक्षकोष समितिको सदस्य छन् ।

समस्यामा परेका लोकदोहोरी सम्बद्ध कलाकारलाई कल्याणकारी अक्षयकोषले सहयोग सहयोग गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्