०९ साउन २०८३, शनिबार

टिकटकमा छाउँदै ‘जारी’ फिल्मको गीत

टिकटकमा छाउँदै ‘जारी’ फिल्मको गीत

ओठैले बोल्दैमा कहाँ माया लाग्छ र 
ओठैले बोल्दैमा कहाँ माया लाग्छ र 
माया त बसी जाने हो

केही दिनयता टिकटकमा यो गीत छाउँदै गएको छ । गीतको टुक्कामा थुप्रैले लिपसिङ दिँदै टिकटक भिडियो बनाएका छ्न्, विशेषगरी युवायुवती ।

एक साताअघि ‘चरी बस्यो’ शीर्षकमा सार्वजनिक यो गीतमा कालीप्रसाद बास्कोटाको शब्द एवं स्वर छ ।

यो नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जारी’मा समावेश गीत हो ।

गीतको​ लिरिकल भिडियोमा फिल्मका अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिचर्ड छन् ।

गीतको भिडियोले युट्युबमा पनि राम्रो भ्युज पाइरहेको छ ।

फिल्म ‘जारी’ उपेन्द्र सुब्बाको निर्देशन एवं रामबाबु गुरुङको निर्माणमा बनेको हो ।

salt training

कमेन्ट गर्नुहोस्