२५ असार २०८३, बिहीबार

फिल्म 'जवान' मा फेरि देखिँदैछन् शाहरुख र दीपिका

फिल्म 'जवान' मा फेरि देखिँदैछन् शाहरुख र दीपिका

‘पठान’ सुपरहिट भएसँगै शाहरुख खान र दीपिका पादुकोण फेरि अर्को फिल्ममा सँगै देखिने भएका छन्। 

फिल्म ‘जवान’ मा उनीहरू सँगै देखिँदै छन्। शाहरुखले यस फिल्मको एक्शन मनोरन्जनको मुख्य भागको सुटिङ पूरा गरिसकेका छन्। ‘जवान’का गीतहरूको एउटा ठूलो अपडेट आएको छ, जसले शाहरुखका फ्यानहरूलाई थप खुशी बनाएको छ । 

‘जवान’ को टिमले अब अप्रिल महिनामा १० दिनसम्म २ वटा गीतको छायांकन गर्नेछ । शाहरुख खान र नयनताराले 'जवान'को पहिलो गीत अप्रिलको पहिलो हप्तामा मुम्बईमा सुट गर्नेछन्, जसलाई अनिरुद्धले संगीत दिएका छन्। पहिलो गीतको छायांकन सकिएपछि शाहरुख अप्रिलको दोस्रो सातामै दोस्रो गीतको सुटिङ थाल्ने बताइएको छ। 

दीपिका पादुकोण पनि यस गीतका लागि शाहरुख खानसँग जोडिने भएकी छन्।  अब यो जोडीको लोकप्रियतालाई पुनः देख्न पाइने भएको छ। यद्यपि निर्माण पक्षले यसबारे भने आधिकारिक पुष्टि गरिनसकेको अमरउजालाले लेखेको छ। 

salt training

कमेन्ट गर्नुहोस्