
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल ग्रामीण विकास समाज केन्द्र (NRDSC), विराटनगरद्वारा विराटनगर महानगरपालिका वडा नम्बर ९ भानु टोलस्थित ज्येष्ठ नागरिकका लागि ज्येष्ठ नागरिक दिवा सेवा (ब्रह्मज्ञानी विश्रामालय) र फिजियोथेरापी सेवा कार्यको लागी जम्मा रु. १००,००० (एक लाख रुँपैया) आर्थिक सहयोग स्वरूप प्रदान गरेको छ ।
नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी) द्वारा ज्येष्ठ नागरिकहरूको हक, अधिकार र स्ांरक्षण तथा पुस्तान्तरण गर्ने उधेश्यका साथ ज्येष्ठ नागरिकहरूका लागी सुविधा सम्पन्न ब्रह्मज्ञानी विश्रामालय सञ्चालनमा रहेको छ।
जहाँ ज्येष्ठ नागरिकहरूका लागि विभिन्न सिर्जनात्मक क्रियाकलापहरू गरिन्छ ।
यस संस्थाले विभिन्न ठाउँमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र व्यवस्थापन तथा सञ्चालन गर्दै आइरहेको छ र सो केन्द्रको क्षमता अभिवृद्धि तथा भौतिक सहयोगको कार्यक्रमहरू गरिरहेको छ ।
साथै ज्येष्ठ नागरिकहरूप्रति हुने दुर्व्यहार तथा हिंसा न्यूनीकरण गर्ने सरोकारवालासँग निरन्तर अन्तरक्रिया तथा नियम कानुनहरूको प्रभावकारी कार्यान्वयनका लागि विविध कार्य गर्दै आएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा हरेक वर्ष स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्धवृद्धालाई निःशुल्क भोजन तथा कपडालगायत सामाजिक कार्य गर्दै आएको छ।