१४ असार २०८३, आइतबार

बिमामार्फत पाउने आर्थिक सहायता लिन बिचौलियाको भर नपर्न अनुरोध

बिमामार्फत पाउने आर्थिक सहायता लिन बिचौलियाको भर नपर्न अनुरोध

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने आर्थिक सहायता लिन कसेले पनि बिचौलियाको भर नपर्न अनुरोध गरेको छ ।

    मन्त्रालयका सहसचिव तथा प्रवक्ता डण्डुराज घिमिरेद्धारा आज जारी विज्ञप्तिमार्फत वैदेशिक रोजगारीमा ज्यान गुमाएका मृतक श्रमिकका परिवारले वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने रकम पछिल्लो समय बिचौलियाले ठगी गर्ने गरेको भन्दै बोर्ड र बिमामार्फत पाउने रकम लिन कसैको पनि भर तथा दबाबमा नपर्न अनुरोध गरिएको हो ।

    वैदेशिक रोजगारीमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई बिचौलियाले अनावश्यक हस्तक्षेप गर्दा पाउनु पर्ने पुरा रकम परिवारका सदस्यले नपाएको गुनासो बढेको र यदि कोही कसैले त्यस्तो प्रलोभनमा पारेर ठगी गरेमा मन्त्रालयमा सिधै जानकारी गराउनसमेत उक्त विज्ञप्तिमार्फत अनुरोध गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्