१४ असार २०८३, आइतबार

'पुष्पा २' का लागि १२५ करोड भारु लिए अल्लु अर्जुनले

'पुष्पा २' का लागि १२५ करोड भारु लिए अल्लु अर्जुनले

फिल्म 'पुष्पा'बाट दक्षिण भारतीय फिल्म उद्योगमा जमेका अभिनेता अल्लु अर्जुन 'पुष्पा'को सिक्वेलमार्फत फेरि आउँदै छन्।

उनको आज अर्थात् अप्रिल ८ मा ४१औँ जन्मदिन हो । फिल्मी परिवारमा जन्मेका उनी सुपरस्टार रामचरणका भाइ हुन्। बाल्यकालदेखि नै फिल्मी माहोलमा रहेका अल्लु ३ वर्षको उमेरमा बाल कलाकारका रूपमा फिल्ममा आएका थिए।  

उनी आफ्नो भव्य जीवनका कारण पनि चर्चामा रहन्छन् । ३६० करोडको सम्पत्तिका मालिक अल्लुसँग ७ करोडको भ्यानिटी भ्यान छ । उनी आफ्नो परिवारसँग १०० करोडको आलिशान घरमा बस्छन्। 

सन् २०२१ मा रिलिज भएको फिल्म पुष्पको सिक्वेल ‘पुष्पा २’ यसै वर्ष रिलिज हुँदैछ । यसका लागि अल्लुले १२५ करोड भारु शुल्क लिएका भारतीय फिल्म पत्रिकाहरूले जनाएका छन् ।

यो पारिश्रमिकपछि अल्लु पूरै भारतीय फिल्म उद्योगमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् । उनले यसै फिल्मको पहिलो पार्टका लागि ४० करोड भारु लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्