×

NMB BANK
NIC ASIA

फेरिएका बालगायक अशोक दर्जी, भन्छन् – ठूलो भएपछि आश्रम खोल्ने सपना छ

चैत २९, २०७९

NTC
स्कूल ड्रेसका बालगायक अशोक दर्जी । तस्वीर : गोपीकृष्ण चापागाईँ
Premier Steels

सडकमा गीत गाएर चर्चामा आएका झापाका बालगायक अशोक दर्जी हिजोआज साङ्गीतिक क्षेत्रबाट केही टाढा देखिएका छन् । 

Muktinath Bank

गायक एवं संगीतकार टंक बुढाथोकीको छत्रछायाँमा रहेका उनी यतिबेला पढाइमा केन्द्रित छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंको तिनकुनेस्थित एप्पल इन्टरनेशनल स्कूलबाट हालै उनले कक्षा ५ सम्मको अध्ययन पूरा गरेका छन् । उनी स्कूलकै होस्टेलमा बस्दै आएका छन् । आगामी जेठमा उनी १३ वर्ष पुग्दैछन् । 


Advertisment
Nabil box
Kumari

भाइरल भएको समयमा झन्डै पाँच वर्षअघि टंकले अशोकलाई काठमाडौं ल्याएर ‘धन बिनाको मन ठूलो कि मन बिनाको धन’बोलको गीत रेकर्ड गराएका थिए । उक्त गीतलाई स्रोता एवं दर्शकहरूले निकै रुचाएका थिए ।

Vianet communication

त्यसयता पनि अशोकका ‘चौरीको चाम्रो छुर्पी’, ‘सिम्पल डिम्पल’ लगायतका गीत निकै रुचाइएका छन् । 

उमेर बढ्दै गएसँगै यतिबेला अशोकको उचाइ पनि बढेको छ । उनको बोल्ने शैलीमा पनि परिवर्तन आएको छ । उनी सरल र मीठा कुरा गर्ने भएका छन् । 

उनै बालगायक अशोकले आफूसँग धेरै ठूलो सपना नभएको बताउने गरेका छन् । आफूले भोगेको दुःख, पीडा कहिल्यै बिर्सन नहुने बताउँदै आफ्नो विगतका भिडियोहरू हिजोआज पनि हेर्ने गरेको उनी बताउँछन् । 

हालसालैको एक अन्तवार्तामा उनले आफू ठूलो भएपछि आश्रम खोलेर दुःख पाएकाहरूलाई सहयोग गर्ने सपना रहेको बताएका छन् । 

‘सांगीतिक क्षेत्रमा सक्रिय हुने त भइहाल्ने भएँ । आफू जुन अवस्थाबाट आएको थिएँ । आर्थिक अवस्था कमजोर भएका, जो–जो आपत्तिमा हुनुहुन्छ, उहाँहरूको लागि सहयोग गर्छु’ उनले भनेका छन्, ‘ठूलो भएपछि आश्रम खोलेर दुःख पाउनुभएकाहरूलाई सहयोग गर्ने सोच छ । मर्नुअघि राम्रो काम गरेर मर्ने सपना बोकेको छु ।’

उनले ठूलो घर बनाउने, राम्रो गाडी चढ्ने, धेरै पैसा कमाउने आफ्नो सोच नभएको बताएका छन् । आफू सोही धरातलबाट आएको हुनाले पनि सामाजिक काममा रुचि लाग्ने गरेको उनले बताएका छन् । गीत गाउने संगै फिल्ममा पनि आउने सोच रहेको अशोकले बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x