२५ असार २०८३, बिहीबार

एनआईसी एशिया बैंकको तेस्रो त्रैमासिक वित्तीय नतिजा प्रकाशित

एनआईसी एशिया बैंकको तेस्रो त्रैमासिक वित्तीय नतिजा प्रकाशित

मुलुकभर फैलिएका शाखा सञ्जालमार्फत ग्राहकमाझ गतिशील बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकिङ क्षेत्रका विभिन्न वित्तीय सूचकांकमा अग्रणी स्थान ओगटेको बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कूल कर्जा रकम २७७.७ अर्ब पुर्‍याउन सफल भएको छ । 

निक्षेपतर्फ कूल निक्षेप संकलन ३१६.५५ अर्ब पुर्‍याउन बैंक सफल भएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए ।

बैंकले तेस्रो त्रैमाससम्ममा खुद मुनाफातर्फ ४.०१ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा ११ प्रतिशतको वृद्धि हो । बैंकको स्वपुँजीमा प्रतिफल २०.१७ प्रतिशत रहेको छ । 

बैंकले वार्षिकप्रति शेयर आम्दानी ४६.७६ आर्जन गर्न बैंक सफल भएको पाण्डेले बताए । स्वपुँजीमा प्रतिफल र प्रतिशेयर आम्दानी २१ वटै वाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असूलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जा अनुपातलाई तेस्रो त्रैमाससम्ममा ०.८५ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

बैंकले आव २०७९/८० को तेस्रो त्रैमाससम्ममा ४.८ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३७ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रैमाससम्ममा बैंकले कूल कर्जा लगानीको अंशमा करीब ८७ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरूभन्दा बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको जनाइएको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कूल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करीब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ । 

देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कूल १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रूपमा स्थापित हुन बैंक सफल भएको जनाइएको छ । जुन समग्र देशका अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेका कम्पनीहरू मध्येको हो ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कूल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना शहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्